आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनसेल खरिदबिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक : सभापति लामिछाने

बिहीबार, ३१ जेठ २०८१, १९ : ५८
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक भएको आरोप लगाएका छन् ।  

बुधबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एनसेलमा गैरकानूनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताए । उनले एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरुको संलग्नता हुने आशंका व्यक्त गरे । उनले एनसेलले कर नतिरेको भए तत्काल कारबाही गर्नुपर्ने बताए । 

सभापति लामिछानेले गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने नभई कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्ने बताए । उनले कर छली लगायतका विभिन्न गैरकानूनी काममा वृहत् अनुसन्धान गर्नुपर्ने पनि बताए । उनले एनसेल खरिदबिक्री प्रकरणबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएको अभिव्यक्ति प्रतिक्रिया दिन लायक नभएको बताए ।

रास्वपाको सचिवालय बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पास गरेको छ । रास्वपाले नयाँ चयन भएका केन्द्रीय सदस्यहरुलाई आज शपथ ग्रहणसमेत गराएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप