आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखराबाट लागूऔषधसहित ४ जना पक्राउ

सोमबार, २५ मङ्सिर २०८०, २० : ३१
सोमबार, २५ मङ्सिर २०८०

पोखारा । पोखराबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । कास्की प्रहरीले विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका १४ नयाँपुलबाट २ जना र पोखरा महानगर ४ कोइरालामार्गबाट दुईजनालाई प्रकाउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा धादिङ घर भई पोखरा ९ बस्ने १९ वर्षीय आशिष थापामगर, २० वर्षीय पूर्ण तामाङ, कोइरालामार्ग बस्ने ३५ वर्षीय बिरु परियार र पर्वतको जलजला गाउँपालिका ९ का २६ वर्षीय विनोद पुन छन् । आशिष र पूर्णको साथबाट १ किलो ५ सय ग्राम लागूऔषध बरामद भएको छ । 

बिरू र विनोदको साथबाट १ किलो ४ सय ८० ग्राम लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । चारैजनालाई १५ दिनको म्याद थपेर अनुसन्धान थालिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप