आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एलपिएल क्रिकेट : आयोजक लिटल फ्लावर पराजित

सोमबार, २५ मङ्सिर २०८०, २० : ४१
सोमबार, २५ मङ्सिर २०८०

कैलाली ।  धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा आयोजक लिटल फ्लावर स्कुल धनगढी ४१ रनले पराजित भएको छ । 

घोडाघोडी क्रिकेट एकेडेमीले दिएको एक सय २८ रनको विजयी लक्ष पछ्याएको लिटल फ्लावर १६ दशमलव पाँच ओभरमा ८६ रन बनाएर समेटियो । उसका लागि मनीष थापाले १७, कृष्ण कार्कीले १५, प्रतीक श्रेष्ठ र कौशल रुपाखेतीले ११÷११ रन बनाए । 
  
घोडाघोडीका स्पिनर अशोक धामीले पाँच विकेट लिएपछि लिटल फ्लावरको टिम धराशायी बन्यो । ‘प्लेयर अफ द म्याच’ घोषित धामीले चार ओभरमा १८ रन खर्चिएका थिए । नरेश सुनारले दुई र नभयुग बस्नेतले एक विकेट लिए । 
 
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १९ दशमलव पाँच ओभर खेल्दै सबै विकेट गुमाएर एकसय २७ रन बनायो । उसका लागि नरेश सुनारले ३४, विपिनविक्रम शाहीले २४, कृष कार्कीले २२ रन बनाए । लिटल फ्लावरका लागि दिनेश अधिकारीले सर्वाधिक चार विकेट लिए । उनले तीन दशमलव पाँच ओभरमा १७ रन खर्चिए । कप्तान कृष्ण कार्कीले तीन, कौशल रुपाखेतीले दुई र विपिन खत्रीले एक विकेट लिए । 
 
आजै भएको अर्को खेलमा कैलाली जिल्ला क्रिकेट क्लबले खप्तड इन्डोर स्पोटर््स ट्रेनिङ सेन्टरलाई ३४ रनले पराजित ग¥यो ।  कैलालीले दिएको एक सय ४० रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको खप्तडले १७ दशमलव चार ओभरमा एकसय पाँच रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो । 

खप्तडका लागि प्रकाश पाण्डेयले २६, अभिषेक थापाले २० र अरुण रानाले १२ रनको योगदान गरे । कैलालीका बलर नरेन साउदले तीन ओभरमा १५ रन खर्चिएर चार विकेट लिन सफल भए । दीपक टमटाले दुई, शेर मल्ल, दीपक रोकाया र राहुल केसीले एक÷एक विकेट लिए । 

टस जितेर ब्याटिङ गरेको कैलाली जिल्ला क्रिकेट क्लबले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर एक सय ३९ रन बनायो । उसका लागि ओपनर डबल ऐरले अर्धशतकीय योगदान दिने क्रममा अविजित ५४ रन बनाए । ‘प्लेयर अफ द म्याच’ घोषित उनले ५२ बलमा चार चौका र दुई छक्का प्रहार गरे । सुदांशु रावलले १९, हृदय बिडारी, दीपक टमटा र नरेन साउदले १०÷१० रनको योगदान गरे । 

खप्तडको बलिङमा अरुण रानाले तीन, रवि विष्ट तथा नगेन्द्र उपाध्यायले दुई–दुई विकेट लिए । बिहीबारको पहिलो खेल युथ अफ टीकापुर र शारदा सेकेन्डरी स्कुलबीच तथा दोस्रो खेल सत्यवती एकेडेमी र जेएस स्पोटर््स–११ सुपर स्टार्सबीच हुने कार्यतालिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप