आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
दुर्घटना

वीरेन्द्रनगरको शिव सुन्दर स–मिलमा आगलागी, नियन्त्रण प्रयास जारी

मङ्गलबार, २६ मङ्सिर २०८०, ०८ : ०७
मङ्गलबार, २६ मङ्सिर २०८०

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ ईत्राम खोला स्थित शिव सुन्दर स–मिलमा भीषण आगलागी भएको छ । आज बिहान ५ः३० बजे नै विद्युत् तारा सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

देवीलाल पौडेल सञ्चालक रहेको उक्त मिलमा काठका सामाग्रीहरू बनाउने करोडौँका मेसिनहरू रहेका थिए । उक्त मेसिनहरू ध्वस्त भएको छन् । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । 

त्यहाँ नेपाली सेना, प्रहरी, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप