आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी वैदेशिक रोजगार बोर्डले निकाल्यो यस्तो सूचना

मङ्गलबार, २६ मङ्सिर २०८०, ०८ : २७
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सचिवालयले  वैदेशिक रोजगार कल्याणकारी कोषको निक्षेप अवधि आगामी पुस १ गतेदेखि  समाप्त हुने विभिन्न बैङ्कको मुद्दती  खातामा रहेको निक्षेप रकम पुनः लगानी गर्ने भएको छ । 

निक्षेपमा रहेको १२० करोड १ वर्षको लागि पुनः लगानी गरिने भएकोले नेपाल राष्ट्र बैकबाट इजाजत प्राप्त क वर्गका वाणिज्य बैङ्कहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गर्ने ब्याजदर लगायत अन्य विवरण सहित सिलबन्दी दरभाउ पत्र प्रस्ताव पेश गर्न सचिवालयले आग्रह गरेको छ । 

सचिवालयले मङ्सिर २८ गतेभित्र प्रस्ताव पेश गर्न समय तोकेको छ । पेश हुन आएका सिलबन्दी प्रस्तावहरू सोही दिनको १२:३० बजे खोलिने सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । 

mudatti

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप