आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एस्टन भिल्लासँग हार्यो म्यानचेस्टर सिटी

मङ्गलबार, २६ मङ्सिर २०८०, ०९ : ०५
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो पछिल्लो खेलमा म्यानचेस्टर सिटीले हार बेहोरेको छ । प्रिमियर लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा एस्टन भिल्लाले म्यानचेस्टर सिटीमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।

जारी सिजनको प्रिमियर लिगमा म्यानचेस्टर सिटीको यो तेस्रो हार हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । निर्धारित समयको ७४औँ मिनेटमा एस्टन भिल्लाका लागि लियोन बाइलीले निर्णायक गोल गरेका थिए ।

उक्त खेल एस्टन भिल्लाको घरेलु मैदानमा खेलिएको थियो । प्रिमियर लिगको आफ्नो अघिल्लो खेलमा पनि म्यानचेस्टर सिटीले जित निकाल्न सकेको थिएन । उक्त खेलमा म्यानचेस्टर सिटीलाई टोट्टनहाम हट्सपरले बराबरीमा रोकेको थियो ।

लगातार दुई खेलमा जितविहीन बनेको म्यानचेस्टर सिटी अङ्क तालिकाको चौथो स्थानमा झरेको छ । अधिकांश क्लबले १५ खेल खेलिसक्दा म्यानचेस्टर सिटीले ३० अङ्क जोडेको छ । ३६ अंकसहित आर्सनल तालिकाको पहिलो स्थानमा आसीन छ ।

तालिकाको दोस्रो स्थानमा आसीन लिभरपुलको ३४ र तेस्रो स्थानमा आसीन एस्टन भिल्लाको ३२ अङ्क छ । एस्टन भिल्लाले जारी सिजनको लिगमा हालसम्म १० जित, दुई बराबरी र तीन हारको नतिजा निकालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप