आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बेथिति

कोशी प्रदेश : इस्राइल मन्सुरीले आफैँलाई घोषणा गरे सभामुख

मङ्गलबार, २६ मङ्सिर २०८०, ०९ : १७
मङ्गलबार, २६ मङ्सिर २०८०

विराटनगर । कोशी प्रदेशसभाका सभामुख पद गत साउन १६ गतेदेखि खाली छ । तर, कांग्रेस सांसद इस्राइल मन्सुरीले लेटरप्याडमा आफूलाई सभामुखका रुपमा चिनाएका छन् ।

उनले प्रदेश सरकारले भर्खरै पारित गरेको बजेटमा आफ्नो क्षेत्रमा पारेका योजनाहरुको विस्तृत विवरणहरु पत्रमार्फत सार्वजनिक गरेका छन् । उक्त पत्र लेखिएको लेटरप्याडमा ‘माननीय इस्राइल मन्सुरी, सभामुख कोशी प्रदेशसभा, नेपाल’ उल्लेख छ ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा १ वर्षमा झण्डै ३९ करोड बराबरको ४४ योजना पार्न सफल भएको जनाएका छन् । उनी प्रदेशसभाका अध्यक्ष मण्डलका सदस्य हुन् । उपसभामुख सिर्जना दनुवार क्यानडा भ्रमणमा गएको बेला उनलाई प्रदेशसभा चलाउन अनुमति दिएकी थिइन् ।

अध्यक्ष मण्डलमा मन्सुरीसँगै, एमालेका रोहितबहादुर कार्की, माओवादीका गीता तिम्सिना र राप्रपाका अम्बरबहादुर विष्ट थिए । तर, इस्राइल सभामुख भएका भने होइनन् । सभाध्यक्षको भूमिका निर्वाह गरेकै आधारमा उनले लेटरप्याटमा सभामुख लेख्न पाउँदैनन् । उपसभामुख सिर्जना दनुवारले आफ्नो लेटरप्याडमा उपसभामुख नै लेख्दै आएकी छन् ।

Savamukh (1)

२०७९ पुस २८ गते सभामुखमा निर्विरोध निर्वाचित भएका बाबुराम गौतमले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीका लागि बहुमत पुर्याउन राजीनामा दिएका थिए । गौतमले राजीनामा दिएको ४ महिनापछि प्रदेशसभामा सभामुख चयनको विषयमा औपचारिक छलफल मात्रै सुरु हुँदैछ ।

प्रदेश सभाको बैठकमा भने सांसदहरुले सभामुख चयनको प्रक्रिया अगाडि बढाउन माग गर्दै आएका छन् ।

संविधानको धारा १८२ मा प्रदेशसभाको सभामुख र उप–सभामुखको चयन प्रक्रिया उल्लेख छ । उक्त धाराको उपधारा (३) मा सभामुख वा उप–सभामुखको पद रिक्त भएमा प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरी पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । प्रदेशसभामा सभामुख पद रिक्त रहँदा एमालेबाट उप–सभामुख निर्वाचित सिर्जना दनुवारले सभामुखको भूमिका निर्वाह गरिरहेकी छन् । 

Savamukh (3)Savamukh (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप