आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईपीएल २०२४

दुबईमा हुने आईपीएलको अक्सन : ३० विदेशी खेलाडीको दौडमा नेपाली पनि

मङ्गलबार, २६ मङ्सिर २०८०, ०९ : ४०
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७औँ संस्करण आगामी मार्चमा सुरु हुने बताइएको छ । यद्यपि भारतमा हुने आम निर्वाचनका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हालसम्म आगामी आईपीएलको आधिकारिक मिति भने सार्वजनिक गरेको छैन । 

आमनिर्वाचनको मिति घोषणापछि मात्र आईपीएलको मिति तय गरिने बीसीसीआईले जनाएको छ । यसका बाबजुद बीसीसीआई मार्चको तेस्रो सातादेखि आईपीएल सुरु गर्ने तयारीमा छ । प्रतियोगिताको १७औँ संस्करणका लागि डिसेम्बर १९ तारिखमा ‘अक्सन’ (खेलाडी खरिद प्रक्रिया) हुँदैछ । खेलाडी ‘अक्सन’ कार्यक्रम दुबईमा हुने बताइएको छ । 

आईपीएलको इतिहासमा पहिलो पटक खेलाडी ‘अक्सन’ कार्यक्रम भारत बाहिर गर्न लागिएको हो । यस पटक अक्सनमा एक हजार एक सय ६६ जना खेलाडीले आफ्नो नाम दत्र्ता गराएका छन् । आईपीएलमा सहभागी क्लबहरूले अक्सनबाट ७७ जना खेलाडी मात्र खरिद गर्ने छन् । 

त्यसमध्ये पनि आईपीएलमा सहभागी हुने १० वटा क्लबले ‘अक्सन’ बाट ३० जना विदेशी खेलाडी मात्र खरिद गर्नेछन् । यस पटक क्लबहरूले खेलाडी खरिदका लागि अधिकतम तीन करोड १५ लाख अमेरिकी डलर (करिब चार अर्ब २० करोड नेपाली रुपैयाँ) खर्च गर्न पाउने छन् । 

यस पटक आईपीएलमा सहभागी क्लबहरूले यसअघि क्लबमा रहेका एक सय ७३ जना खेलाडीलाई आफ्नै क्लबमा रोकेका छन् । ‘अक्सन’ कार्यक्रमको स्टार स्पोर्टस टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने बताइएको छ । 

एक हजार एक सय ६६ मध्ये आठ सय ३० जना भारतीय खेलाडी छन् । तीन सय ३६ जना विदेशी खेलाडी यसपटक ‘अक्सन’ मा परेका छन् । सन् २०२४ को आईपीएलका लागि ‘अक्सन’ मा परेका खेलाडीमध्ये दुई सय १२ जनाले यसअघि पनि आईपीएल खेलिसकेका छन् । 

यस पटक ‘अक्सन’ मा परेका नौ सय नौ जना खेलाडीले भने हालसम्म आईपीएल खेलेका छैनन् । ४५ जना भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसिएट् सदस्य राष्ट्रका खेलाडी हुन् । ‘अक्सन’ मा परेका भारतीय खेलाडीमध्ये १८ जनाले यसअघि नै आईपीएल खेलिसकेका छन् । 

यसअघि नै आईपीएल खेलिसकेका भारतीय टोली वरुण अरुण, केएस भरत, केदार जादब, सिद्धार्थ कौल, धवन कुलकर्णी, शिवम् माभी, सहबाज नदिम, करुण नायर, मनीष पाण्डे, हर्सल पटेल, चेतन सक्रिय, मन्दीप सिंह, बरिन्दर सरण, सार्दुल ठाकुर, जयदेव उनादकट, हनुमा विहारी, सन्दीप वारियर र उमेश यादव हुन् । 

त्यसमध्ये हर्सल पटेल, केदार जादब, सार्दुल ठाकुर र उमेश यादवलाई यस पटक उनीहरू आबद्ध क्लबले ‘रिलिज’ गरेको हो । यस पटक ‘अक्सन’ मा यी चार खेलाडीको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ तोकिएको छ । यसअघि आईपीएल खेलिसकेका अन्य भारतीय खेलाडीको न्यूनतम मूल्य भने ५० लाख भारतीय रुपैयाँ निर्धारण गरिएको छ । 

ट्राभिस हेड, प्याट कमिन्स र मिचेल मार्सको मूल्य निकै चर्को

एकदिवसीय विश्वकप विजेता टोली अस्ट्रेलियाका तीन खेलाडी ट्राभिस हेड, प्याट कमिन्स र मिचेल स्टार्क पनि यस पटक ‘अक्सन’ मा छन् । यी तीन खेलाडीले आफ्नो न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ (तीन करोड २० लाख रुपैयाँ नेपाली) राखेका छन् । 

pat-cummins

अस्ट्रेलियाकै जोस हेजलउड, सिन एबोट, स्टिभन स्मिथ र जोस इङ्लिसको मूल्य पनि दुई करोड भारतीय रुपैयाँ निर्धारण गरिएको छ । भारतका हर्सल पटेल, केदार जादब, सार्दुल ठाकुर र उमेश यादवको मूल्य पनि दुई करोड भारतीय रुपैयाँ तोकिएको छ ।  

इङ्ल्यान्डका ह्यारी ब्रुक, जामी ओभरटन, अदिल रसिद, बेन डकेट, क्रिस वाक्स, डेबिड विली र टम बेन्टनको मूल्य पनि दुई करोड भारतीय रुपैयाँ निर्धारण गरिएको छ । बङ्गलादेशका एक मात्र खेलाडी मुस्तफिजुर रहमानको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ तोकिएको छ ।

दुई करोड भारतीय रुपैयाँको सूचीमा श्रीलङ्काका एन्जेलो म्याथ्युज, दक्षिण अफ्रिकाका जेराल्ड कोएट्जी, रिली रोसु र रासी भान डेर डुसेन, अफगानिस्तानका मजिब उर रहमान र न्युजिल्यान्डको लोकी फर्गुसन परेका छन् । 

यसै गरी एक करोड ५० लाख भारतीय रुपैयाँ न्यूनतम मूल्य तोकिएका खेलाडीहरूको सूचीमा अफगानिस्तानका मोहम्मद नाबी, अस्ट्रेलियाका मोसेस हनरिक्स, क्रिस लिन, केन रिचर्डसन, ड्यानियल साम र ड्यानियल वोरल तथा इङ्ल्यान्डका टम कुर्रन, क्रिस जोर्डन, डेबिड मलान, टाइमल मिल्स र फिल साल्ट परेका छन् । 

mohammad-nabi-srh-1-1523363855

दक्षिण अफ्रिकाका मर्चेन्ट डी लाङ्गे र कोलिन इनग्राम, न्युजिल्यान्डका कोरी एन्डर्सन, कोलिन मुनरो, जिमी निसाम र टिम साउथी, श्रीलङ्काका वानिन्दु हसारङ्गा, वेस्ट इन्डिजका जासन होल्डर र सेरफन रुथरफोर्ड पनि एक करोड ५० लाख भारतीय रुपैयाँको सूचीमा परेका छन् । 

यसै गरी एक करोड भारतीय रुपैयाँ न्यूनतम मूल्य तोकिएका खेलाडीको सूचीमा अस्ट्रेलियाका एस्टन अगार, रिली मेरेडिथ, डिआर्ची सर्ट र एस्टन टर्नर, इङ्ल्यान्डका गस एटकिन्सन र साम बिलिङ्स, न्युजिल्यान्डका माइकल ब्रासवेल, मार्टिन गप्टिल, कायले जामिसन, एडम मिल्ने र ड्यारल मिचेल, दक्षिण अफ्रिकाका वेन पार्नेल र ड्वेन प्रेटोरियस, वेस्ट इन्डिजका अल्जारी जोसेफ र रोभम्यान पोवेल तथा नामिबियाका डेबिड बिसे रहेका छन् । 

यसै गरी दुबईमा हुने अक्सनमा ५० लाख भारतीय रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएका खेलाडीको सूचीमा न्युजिल्यान्डका रचिन रवीन्द्र, भारतका शिवम् माभी, वरुण अरुण, केएस भरत, सहबाज नदिम, धवल कुलकर्णी, बरिन्दर सरण, जयदेव उनादकट, सन्दीप वारियर, मन्दीप सिंह, चेतन सक्रिय, सिद्धार्थ कौल, हनुमा विहारी, मनीष पाण्डे र करुण नायर तथा इङ्ल्यान्डका रेहन अहमद, रिचर्ड ग्लिसन, ब्राइडन कार्से, जर्ज गार्टन, सामुएल हाइन, ओली पोप, लुक उड र जर्ज स्क्रिमस रहेका छन् ।

यस पटक ‘अक्सन’ मा नेपालसँगै दक्षिण अफ्रिका, वेस्ट इन्डिज, आयरल्यान्ड, श्रीलङ्का, न्युजिल्यान्ड, अफगानिस्तान, जिम्बाबे, नामिबिया, नेदरल्यान्ड्स, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिकाका खेलाडी पनि छन् । अक्सनका लागि सर्ट लिस्टमा परेमा उनीहरूको न्यूनतम मूल्य पनि ५० लाख भारतीय रुपैयाँ ताकिने छ । इङ्ल्यान्डका ओली स्टोनलगायतका केही खेलाडी भने ७५ लाख भारतीय रुपैयाँको सूचीमा पनि छन् ।

dhoni ipl

क्लबले आगामी सिजनका लागि रोकेका (रिटेन गरेका) खेलाडी

चेन्नई सुपर किङ्स : चेन्नई सुपर किङ्सले यस पटक अजय मण्डल, अजिनक्या रहाने, दीपक चाहर, डेभोन कनवे, महिस थिकसना, मथिसा पाथिराना, मिचेल सान्टनर, मोइन अली, महेन्द्रसिंह धोनी, मुकेश चौधरी, निशान्त सिन्धु, प्रशान्त सोलान्की, राजवद्र्धन हङ्गारगेकर, रवीन्द्र जडेजा, रुतुराज गायकवाड, साइक रसिद, शिवम दुबे, सिमरजित सिंह र तुसार देशपाण्डेलाई आफ्नै क्लबमा राखेको छ ।

यसै गरी आकाश सिंह, अम्बाटी रायडु, बेन स्टोक्स, भगथ वर्मा, ड्वाइन प्रेटोरियस, कायले जामिसन, सिसान्डा मागला र सुब्रन्सु सेनापतीलाई चेन्नई सुपर किङ्सले अन्य क्लबमा आबद्ध हुन स्वतन्त्र छाडिदिएको छ ।

david warner

दिल्ली क्यापिटल्स : दिल्ली क्यापिटल्सले यस पटक अभिषेक पोरेल, एनरिच नोर्जे, अक्सर पटेल, डेभिड वार्नर, इसान्त शर्मा, कुलदीप यादव, ललित यादव, लुङ्गीसानी एनगिदी, मिचेल मार्स, मुकेशकुमार, प्रवीण दुबे, पृथ्वी स, रिसव पन्त, सइद खलिल अहमद, विकी ओस्तवाल र यस ढुललाई आफ्नै क्लबमा राख्ने भएको छ । 

यसै गरी अमन खान, चेतन सक्रिय, कमलेश नगरकोटी, मनीष पाण्डे, मुस्तफिजुर रहमान, फिल साल्ट, प्रियम गर्ग, रिली रोसु, रिपल पटेल, रोभमन पोवेल र सरफराज खानलाई अन्य क्लबमा आबद्ध हुन स्वतन्त्र छाडेको छ । 

गुजरात टाइटन्स : गुजरात टाइटन्सले यसपटक अभिनव सदारंगानी, बी. राई सुदर्शन, दर्शन नलकन्डे, डेभिड मिल्लर, हार्दिक पाण्डेया, जयन्त यादव, जोसुवा लिटल, केन विलियम्सन, म्याथ्यु वेड, मोहम्मद सामी, मोहित शर्मा, नुरु अहमद, आर. साई किशोर, राउल तेवाटिया, रसिद खान, शुभमन गिल, विजय शङ्कर र ऋद्धिमन शाहलाई क्लबमै राख्ने भएको छ । यसैगरी अल्जारी जोसेफ, दासुन सनाका, केएस भरत, ओडिन स्मिथ,  प्रदिप सङ्गवान, शिवम माभी, अर्भिल पटेल र यश दयाललाई गुजरातले अन्यत्र जान स्वतन्त्र छाडेको छ ।    

कोलकाता नाइट राइडर्स : कोलकाता नाइट राइडर्सले यस पटक आन्द्रे रसेल, अनुकूल रोय, हर्षित राणा, जासन रोय, नितिष राणा, रहमानुल्लाह गुरबाज, रिङ्कु सिंह, श्रेयस ऐयर, सुनील नारिन, सुयष शर्मा, वैभव अरोरा, वरुण चक्रवर्ती र वेंकटेस ऐयरलाई क्लबमै राख्ने भएको छ । कोलकाताले आर्या देसाई, डेभिड विस, जोन्सन चार्लिस, कुलवन्त खेजरोलिया, लिटन दास, लोकी फर्गुसन, मन्दिप सिंह, एन. जगदिसन, सकिब अल हसन, सार्दुल ठाकुर, टिम साउथी र उमेश यादवलाई भने अन्यत्र जान स्वतन्त्र छाडेको छ ।

लखनउ सुपर जाइन्ट्स : लखनउ सुपर जाइन्ट्सले यस पटक अमित मिश्रा, आयुष बदोनी, दीपक हुडा, देवदत्त पाडिकल, के. गोथम, केएल राहुल, कर्णाल पाण्डे, केयले मायर्स, मार्कुस स्टोइनिस, मार्क उड, मयन्क यादव, मोहसिन खान, नवीन उल हक, निकोलस पुरण, प्रेरक मनकाद, क्विन्टन डी कक, रवी विस्नोई, यश ठाकुर र युद्धवीर चारकलाई क्लबमै राखेको छ । अर्पित गुलेरिया, ड्यानियल साम्स, जयदेव उनादकट, करण शर्मा, करुण नायर, मनान बोहरा, सूर्यान्स सेग्दे र स्वपनिल सिंहलाई भने लखनउले अन्यत्र आबद्ध हुन स्वतन्त्र छाडेको छ । 

rohit sharma

मुम्बई इन्डियन्स : मुम्बई इन्डियन्सले यस पटक आकाश माधवल, अर्जुन तेन्डुल्कर, क्यामरुन ग्रिन, डेवाल्ड ब्रेभिस, ईशान किसन, जासन बेहरेनड्रोफ, जसप्रित बुमराह, कुमार कार्तिकेय सिंह, एन. तिलक वर्मा, नेहाल वाधेरा, पियुष चावला, रोहित शर्मा र रोमारियो सेफर्ड, साम्स मुलानी, सूर्यकुमार यादव, टिम डेभिड र विष्णु विनोदलाई आगामी सिजनका लागि पनि क्लबमै रोकेको छ । 

तर क्रिस जोर्डन, डुवान जानसेन, हृतिक सोकिन, जेय रिचर्डसन, जोफरा आर्चर, मोहम्मद अर्सद खान, राघव गोयल, रमनदीप सिंह, रोली मेरेदिथ, सन्दीप वारियर र ट्रिस्टन स्टब्सलाई भने मुम्बई इन्डियन्सले अन्य क्लबमा जान स्वतन्त्र छाडेको छ । 

पञ्जाब किङ्स : पञ्जाब किङ्सले यस पटक अर्सदीप सिंह, अथर्व ताइड, हरप्रित बरार, हरप्रित भाटिया, जितेश शर्मा, जोनी बेयरस्ट, कागिसो साबडा, लियाम लिभिङ्स्टोन, नाथन एलिस, प्रभसिमरन सिंह, राहुल चाहर, ऋषि धवन, साम कुर्रन, शिखर धवन, शिवम सिंह, सिकन्दर राजा र विदवाथ कावेरप्पालाई क्लबमै राख्ने निर्णय गरेको छ । तर पञ्जाबले बलतेज धान्डा, भानुका राजपाक्षा, गुरनुरसिंह बरार, म्याथ्यु सर्ट, मोहित राठी, राज अङ्गद बावा र शाहरुख खानलाई भने अन्यत्र जान स्वतन्त्र छाडेको छ । 

राजस्थान रोयल्स : राजस्थान रोयल्सले यस पटक एडम जाम्पा, अवेष खान, ध्रुव जरेल, डोनोभान फेरेरा, जोस बट्लर, कुलदीप सेन, कुणाल राठोर, नवदीप साइनी, प्रसिद्ध कृष्ण, आर. आश्विन, रियान पराग, सन्दीप शर्मा, सञ्जु सामसन, सिमरोन हेटमायर, ट्रेन्ट बोल्ट, यशस्वी जैसवाल र युजवेन्द्र चाहललाई क्लबमै राख्ने निर्णय गरेको छ । तर आकाश वशिष्ठ, जासन होल्डर, अब्दुल पी.ए., जो रुट, के.सी. करिअप्पा, के एम. आसिफ, कुलदीप यादव, मुरुगान आश्विन र ओबेड मकोयलाई भने स्वतन्त्र छाडेको छ ।   

virat kohli

रोयल च्यालेन्जर्स बेङ्गलौर : रोयल च्यालेन्जर्स बेङ्गलौरले यस पटक आकाश दीप, अनुज रावत, दिनेश कात्तिक, फफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, हिमांशु शर्मा, करण शर्मा, महिपाल लोमरर, मनोज भान्डेज, मायान्क दागर, मोहम्मद सिराज, राजन कुमार, रजत पटिदार, रिसे टपली, सुयष प्रभुदेसाई विराट कोहली, व्यासविजय कुमार र विल ज्याक्सलाई क्लबमै राख्ने निर्णय गरेको छ । रोयल च्यालेन्जर्स बेङ्गलौरले अविनाष सिंह, डेविड विली, फिन एलन, हर्सल पटेल, जस हेजलउड, केदार जादब, माइकल ब्रासवेल, सिद्धान्त कौल, सोनु यादव, वानिन्दु हसारङ्गा र वेन पर्नेललाई भने अन्यत्र जान स्वतन्त्र छाडेको छ । 

सनराइजर्स हैदराबाद : सनराइजर्स हैदराबादले यस पटक अब्दुल सामद, अविषेक शर्मा, एडेन मारक्रम, अनमोलप्रित सिंह, भुवनेश्वर कुमार, फजालहक फारुकी, ग्लेन फिलिप्स, हेनरिच क्लासेन, मार्को जानसेन, मयान्क अग्रवाल, मयान्क मारकन्ड, नितिषकुमार रेड्डी, राहुल त्रिपाठी, सनविर सिंह, सहबाज अहमद, टी. नटरंजन, उमरन मलिक, उपेन्द्रसिंह यादव र वासिङ्टन सुन्दरलाई क्लबमै राख्ने निर्णय गरेको छ । सनराइजर्स हैदराबादले अदिल रसिद, अकेल होसैन, ह्यारी ब्रुक, कार्तिक त्यागी, सामर्थ ब्यास र विवरान्त शर्मालाई भने ‘रिलिज’ गरेको छ ।

क्लबले आगामी सिजनका लागि स्वतन्त्र छाडेका (रिलिज गरेका) खेलाडी

चेन्नई सुपर किङ्स : चेन्नई सुपर किङ्सले यस पटक आकाश सिंह, अम्बाटी रायडु, बेन स्टोक्स, भगथ वर्मा, ड्वाइन प्रेटोरियस, कायले जामिसन, सिसान्डा मागला र सुब्रन्सु सेनापतीलाई चेन्नई सुपर किङ्सले अन्य क्लबमा आबद्ध हुन स्वतन्त्र छाडिदिएको छ ।

दिल्ली क्यापिटल्स : दिल्ली क्यापिटल्सले यस पटक अमन खान, चेतन सक्रिय, कमलेश नगरकोटी, मनीष पाण्डे, मुस्तफिजुर रहमान, फिल साल्ट, प्रियम गर्ग, रिली रोसु, रिपल पटेल, रोभमन पोवेल र सरफराज खानलाई अन्य क्लबमा आबद्ध हुन स्वतन्त्र छाडेको छ । 

shivam-mavi

गुजरात टाइटन्स : गुजरात टाइटन्सले यस पटक अल्जारी जोसेफ, दासुन सनाका, केएस भरत, ओडिन स्मिथ, प्रदीप सङ्गवान, शिवम् माभी, अर्भिल पटेल र यश दयाललाई अन्य क्लबमा आबद्ध हुन स्वतन्त्र छाडेको छ ।    

कोलकाता नाइट राइडर्स : कोलकाता नाइट राइडर्सले यस पटक आर्या देसाई, डेभिड विस, जोन्सन चार्लिस, कुलवन्त खेजरोलिया, लिटन दास, लोकी फर्गुसन, मन्दीप सिंह, एन. जगदिसन, सकिब अल हसन, सार्दुल ठाकुर, टिम साउथी र उमेश यादवलाई भने अन्यत्र जान स्वतन्त्र छाडेको छ ।

लखनउ सुपर जाइन्ट्स : लखनउ सुपर जाइन्ट्सले यस पटक अर्पित गुलेरिया, ड्यानियल साम्स, जयदेव उनादकट, करण शर्मा, करुण नायर, मनान बोहरा, सूर्यान्स सेग्दे र स्वपनिल सिंहलाई भने अन्यत्र आबद्ध हुन स्वतन्त्र छाडेको छ । 

chris jordan

मुम्बई इन्डियन्स : मुम्बई इन्डियन्सले यस पटक क्रिस जोर्डन, डुवान जानसेन, हृतिक सोकिन, जेय रिचर्डसन, जोफरा आर्चर, मोहम्मद अर्सद खान, राघव गोयल, रमनदीप सिंह, रोली मेरेदिथ, सन्दीप वारियर र ट्रिस्टन स्टब्सलाई भने अन्य क्लबमा जान स्वतन्त्र छाडेको छ । 

पञ्जाब किङ्स : पञ्जाब किङ्सले यस पटक बलतेज धान्डा, भानुका राजपाक्षा, गुरनुरसिंह बरार, म्याथ्यु सर्ट, मोहित राठी, राज अंगद बावा र शाहरुख खानलाई भने अन्य क्लबमा आबद्ध हुन स्वतन्त्र छाड्ने निर्णय गरेको छ । 

राजस्थान रोयल्स : राजस्थान रोयल्सले यस पटक आकाश वशिष्ठ, जासन होल्डर, अब्दुल पी.ए., जो रुट, के.सी. कारिअप्पा, के एम. आसिफ, कुलदीप यादव, मुरुगान आश्विन र ओबेड मकोयलाई भने आफ्नो सम्झौताबाट मुक्त गरेको छ ।   

रोयल च्यालेन्जर्स बेङ्गलौर : रोयल च्यालेन्जर्स बेङ्गलौरले यस पटक अविनास सिंह, डेबिड विली, फिन एलन, हर्सल पटेल, जस हेजलउड, केदार जादब, माइकल ब्रासवेल, सिद्धान्त कौल, सोनु यादव, वानिन्दु हसारङ्गा र वेन पर्नेललाई सम्झौताबाट मुक्त गरेको छ । 

सनराइजर्स हैदराबाद : सनराइजर्स हैदराबादले यस पटक अदिल रसिद, अकेल होसैन, ह्यारी ब्रुक, कार्तिक त्यागी, सामर्थ व्यास र विवरान्त शर्मालाई ‘रिलिज’ गरेको छ । उनीहरू सन् २०२४ को आईपीएलका लागि अन्य क्लबमा जान स्वतन्त्र छन् । 

क्लबले अक्सनमार्फत खरिद गर्न पाउने विदेशी खेलाडीको सङ्ख्या

आगामी आईपीएलका लागि आईपीएलमा आबद्ध १० वटा क्लबले कुल ३० जना विदेशी खेलाडी मात्र खरिद गर्न पाउने छन् । अक्सनमार्फत सबैभन्दा बढी विदेशी खेलाडी दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलौरले खरिद गर्न पाउने छन् । यी तीनवटै क्लबले अक्सनमार्फत चार चार जना विदेशी खेलाडी खरिद गर्न पाउने छन् ।  

WhatsApp-Image-2023-11-17-at-18.28.48

यसै गरी चारवटा क्लबले तीन तीन जना विदेशी खेलाडी अक्सनमार्फत खरिद गर्न पाउने छन् । तीन तीन खेलाडी खरिद गर्न पाउने क्लब चेन्नई सुपर किङ्स, मुम्बई इन्डियन्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद हुन् । 

यसका अतिरिक्त गुजरात टाइटन्स, लखनउ सुपर जाइन्ट्स र पञ्जाब किङ्सले अक्सनमार्फत दुई दुईजना विदेशी खेलाडी खरिद गर्न पाउने छन् । समग्रमा भने कोलकाता नाइट राइडर्सले १२ र दिल्ली क्यापिटल्सले नौ जना खेलाडी अक्सनमार्फत खरिद गर्न पाउने छन् । 

यसै गरी मुम्बई इन्डियन्स, पञ्जब किङ्स र राजस्थान रोयल्सले आठ आठ जना खेलाडी अक्सनमार्फत खरिद गर्न पाउने छन् । रोयल च्यालेन्जर्स बेङ्गलौर र गुजरात टाइटन्सले सात सातजना खेलाडी खरिद गर्न पाउने छन् । चेन्नई सुपर किङ्स, लखनउ सुपर जाइन्ट्स र सनराइजर्स हैदराबादले दुबईमा हुने अक्सनमार्फत ६, ६ जना खेलाडी खरिद गर्न पाउने छन् ।  

नेपाली खेलाडीले पनि दौडमा

सन् २०२४ मा आयोजना हुने इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि आईसीसीको एसोसिएट सदस्य राष्ट्रका खेलाडीहरूले पनि ‘अक्सन’ का लागि आफ्नो नाम दर्ता गराएका छन् । नेपालसहित नामिबिया, नेदरल्यान्ड्स, स्कटल्यान्ड, यूएई र अमेरिकाका खेलाडीले ‘अक्सन’ का लागि नाम दर्ता गराएको समाचारमा जनाइएको छ । 

नेपालले पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय गरेको उत्कृष्ट प्रदर्शनका कारण केही नेपाली खेलाडी पनि आईपीएलको अक्सनका लागि सूचीकृत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सर्ट लिस्टमा परेका नेपाली खेलाडी मात्र अक्सनमा जाने छन् । 

यस पटक नेपालबाट सन्दीप लामिछानेसँगै कुशल मल्ल, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएको समाचारमा जनाइएको छ । यसअघि प्रभावशाली नेपाली स्पिनर सन्दीप लामिछानेले आईपीएल खेलिसकेका छन् । उनले दिल्ली डेयर डेभिल्सबाट आईपीएल खेलेका थिए । उनीबाहेक अन्य नेपाली खेलाडी भने हालसम्म सर्ट लिस्टमा पर्न सकेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप