आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

म त भन्नै सक्तिनँ

मङ्गलबार, २६ मङ्सिर २०८०, ०९ : ५६
मङ्गलबार, २६ मङ्सिर २०८०

बुद्धि भने सधैँ पछाडि हुने 
कुरा भने आकास झार्ने 
परस्त्रीप्रति जैले व्यभिचार राख्ने 
त्यस्तो कुलङ्गार महात्माको
मरण स्याउँस्याउँती किरा परेर 
नमरोस्, म त भन्न सक्तिनँ 

बाहिर भने शाकाहारी
भित्रभित्र मांसहारी हुने 
त्यस्ता लम्फु घिचुवाहरूलाई 
डुङडुङ्ती गनाउने सिनो 
कैले मुखमा नपार्नु म त भन्नै सक्तिनँ 

नेपालीलाई विदेशी बनाउने
देशका युवा पलायन गराउने
अनि आफू एकलौटी ढलिमली शासन गर्ने 
त्यस्ता राहुकेतुलाई चाँडोभन्दा चाँडो
दिन दशा नलागोस् म त भन्न सक्तिनँ 

दिनभरि अरूको कुरा काटी बस्ने
कार्यालयमा काम फिट्टो गर्दै नगर्ने
त्यस्ता दोचारे, कामचोर 
कर्मचारीहरूको खाने मुख 
सधैँ सोझो होस् भनेर म त भन्नै सक्तिनँ 

हर्क साम्पाङको कामलाई नकार्ने 
उनलाई बौला, पगलसम्म भन्ने भ्याउने 
त्यस्ता नरपशुहरू र तिनका आसेपासेलाई 
एकएक गरी बौला कुकुरले नटोकोस् 
म त भन्नै सक्तिनँ ।

विराटनगर–१, मोरङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण रिजाल ‘अन्जान’
किरण रिजाल ‘अन्जान’
लेखकबाट थप