आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इन्टरपोलको ९१औँ महासभामा सहभागी भई स्वदेश फर्किए प्रहरी महानिरीक्षक कुँवर

मङ्गलबार, २६ मङ्सिर २०८०, ०९ : ५८
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर अस्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् । 

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) महासचिवालयको आयोजनामा मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालित उक्त महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासहितको टोलीसमेत स्वदेश फिर्ता भएको हो ।

उक्त टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा स्वागत गरे । महासभामा नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डल तथा इन्टरपोलका राष्ट्रपति र उपराष्ट्रपतिबिच शिष्टाचार भेटघाट तथा छलफल भएको थियो । साथै इन्टरपोलका प्रतिनिधिहरू तथा भारत, चीन र यूएईका प्रतिनिधि लगायतका विभिन्न मित्रराष्ट्रहरूसँग फरार प्रतिवादीहरू र क्षमता अभिवृद्धि लगायतका विविध विषयमा छलफल तथा द्विपक्षीय बैठक समेत भएको थियो ।

महासभाले इन्टरपोलको ९२औँ महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गोमा र ९३औँ महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ ।

interpol (2)

इन्टरपोल स्थापनाको १०० वर्षको अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झन्डा, इन्टरपोलको झन्डा र नेपाल प्रहरीको झन्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई इन्टरपोलबाट विशेष आमन्त्रण भई उक्त महासभामा प्रमाणपत्रसहित सम्मान गरिएको  थियो । 

यस प्रकृतिका उत्कृष्ट एवं सृजनशील लगायतका कार्यक्रमहरू आयोजना गरी इन्टरपोल वार्षिकोत्सवलाई भव्यताका साथ मनाएर अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई नयाँ शिखरमा पुर्‍याएकोमा नेपालको तर्फबाट महासभामा सहभागी भएका प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर तथा प्रतिनिधि समेतलाई  धन्यवाद स्वरूप मायाको चिनोको साथै स्पेसल क्वाइन प्रदान गरेका थिए । 

IMG4

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप