आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैंकहरुसँग अधिक तरलता थुप्रियो, २ दिनमा ३५ अर्ब तान्दै राष्ट्र बैंक

मङ्गलबार, २६ मङ्सिर २०८०, ११ : ०२
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट थप २५ अर्ब रुपैयाँ निक्षेप लिदैछ । बैंकहरुसँग अधिक तरलता थुप्रियसँगै अघिल्लो दिन १० अर्ब लिएको बैंकले बिहीबार थप २५ अर्ब रुपैयाँ निक्षेप तान्न लागेको हो । 

राष्ट्र बैंकका अनुसार आज सार्वजनिक बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ निक्षेप लिइनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बिहीबार दिउँसो २ बजे अनलाइन विडिङ सिस्टम सफ्टवेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुनेछ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । यस निक्षेप संकल उपकरण आजै जारी हुने बैंकले जनाएको छ ।

७ दिनका लागि जारी हुने निक्षेप संकलनको साँवा ब्याज २०८० पुस ५ गते भुक्तान हुने राष्ट्र बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप