आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अहिलेको सत्ता र व्यवस्था असफल भयो, अस्थायी संयुक्त सरकार बनाऔँ : वैद्य

शुक्रबार, ३२ जेठ २०८१, १४ : ००
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरणले सत्ता, व्यवस्था र राजनीतिक दल असफल भएको आरोप लगाएका छन् । बिहीबार राजधानीमा भएको कार्यक्रममा बोल्दै उनले यसको २ वटा विकल्प रहेको बताए । पहिलो विकल्प पुरानै संसदीय व्यवस्थामा अल्झिने अर्को क्रान्तिकारीबिच ध्रुवीकृत गरी अस्थायी संयुक्त सरकार गठन गर्ने उनले विकल्प दिए ।  

‘जनजीविकाको विषयमा सरकारले  काम गर्न सकेन । सत्ता, व्यवस्था, राजनीतिक दल असफल भयो । जनतामा चरम वितृष्णा बढ्दै गएको छ, उनले भने, ‘दलहरू मिसन ८४ मा लागेका छन् । उनीहरू आ–आफ्नो स्वार्थमा लागेका छन् । विभिन्न विकल्प आएका छन् । ती विकल्पले काम गर्दैन ।

विकल्पमा तत्काल क्रान्तिकारीबिच सहकार्य, संयुक्त मोर्चा जान उनले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप