आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘देव वाणी’ मा अभिनय गर्दै बलिउड कलाकार ह्यारी

शुक्रबार, ३२ जेठ २०८१, १४ : १९
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता बलिउड फिल्ममा काम गरेका अभिनेता ह्यारी जोश नेपाल आएका छन् । नेपाली फिल्म ‘देव वाणी’ मा अभिनय गर्न उनी बुधबार नेपाल आएका हुन् ।

निर्माण युनिटले फिल्ममा रहेको जोशको पार्ट बिहीबारबाट बालाजु ल्याबमा छायांकन सुरु गरेको छ । उनी फिल्मको विशेष भूमिकामा देखिनेछन् । करिब ६ दिन फिल्मको छायांकन ल्याबमा हुने निर्माण युनिटले जनाएको छ । फिल्म नेपालसँगै भारत पनि रिलिज हुने बताइन्छ ।

एक्सन–लभस्टोरी कथामा बन्न लागेको फिल्ममा सुनिल थापा, कुन्दन भारद्वाज, अनुजा लेप्चा, ध्रुव कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिनाको अभिनय रहनेछ ।

फिल्मका निर्देशक बाबु साहेब बलामी हुन् । दसैँ अगाडि सिमरा र वीरगञ्जमा छायांकन भएको फिल्मको काठमाडौँ छायांकनपछि सकिनेछ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलको हो । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्माता महेन्द्र यादव र अपार गुरुङ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप