आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी प्रवास रुपान्तरण अभियानबाट नेताहरू उत्साहित

कुन कुन क्षेत्रमा के के भए ?
शुक्रबार, ३२ जेठ २०८१, १५ : ४४
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेशले तीन महिने विशेष रूपान्तरण अभियान सफलतापूर्वक अगाडि बढिरहेको दाबी गरेको छ । भदौ १६ देखि पार्टीले सुरू गरेको अभियानसँग तालमेल मिलाउँदै प्रवास इन्चार्ज रामकार्की, अध्यक्ष ओम शर्मा र नेता लक्ष्मण पन्तको उपस्थितिमा विभिन्न मुलुकमा प्रवास समन्वय समितिले अभियान सुरू गरेको थियो । भारतमा अखिल भारत नेपाली एकता मञ्चअन्तर्गत अभियान सञ्चालन भइरहेको छ । अन्य क्षेत्रका मुलुकमा जनप्रगतिशील मञ्चअन्तर्गत अभियान सञ्चानल भइरहेको छ ।

‘तीन महिने प्रवास–नेपाल जागरण अभियान’ नाम दिएर कार्य योजनासहित दक्षिण एसिया, दक्षिण पूर्व एसिया, पश्चिम एसिया, अमेरिकाज्, युरोप, ओसोनिया क्षेत्रमा जारी अभियानबाट नेताहरू निकै उत्साहित देखिएका हुन् ।

भारतका ठुला चार सहर दिल्ली, पन्जाब, मुम्बइ र बेंग्लोरमा संयुक्त राज्यस्तरीय जनसभा भव्यतापूर्वक सफल भएको अध्यक्ष शर्माले बताए । २६ नोभेम्बरमा भारतका चार सहरमा जनसभा सम्पन्न भएका थिए । दिल्लीको सभामा पार्टी उपमहासचिव मात्रिकाप्रसाद यादव, पन्जाबमा लक्ष्मण पन्त, मुम्बईमा शर्मा र बैंग्लोरमा ईश्वरी भण्डारी लगायतका नेता सहभागी भएका थिए ।

प्रवासमा ३८ भन्दा बढी देशमा संगठन रहेको दाबी गर्दै अध्यक्ष शर्माले ६ वटै क्षेत्रमा भेला, सम्मेलन राम्रोसँग भइरहेको बताए । ‘भारतको चार ठुला सहर दिल्ली, पन्जाब, मुम्बई र बेंग्लोरमा संयुक्त राज्यस्तरीय जनसभा भव्यतापूर्वक सम्पन्न भयो । यस्तै दक्षिण पूर्व एशिया, पश्चिम एशिया, अमेरिकाज्, युरोप, ओसोनिया क्षेत्रमा पनि भेला, सम्मेलन, प्रशिक्षण, संगठन विस्तार भव्यतापूर्वक भइरहेको छ । प्रवासको अभियानले पार्टीलाई थप ऊर्जाशील बनाएको छ’, शर्माले भने ।

सिङ्गो प्रवासको अभिप्राय पार्टी नेतृत्वहरू सच्चिनु पर्ने, समस्या समाधान तथा सहिद, बेपत्ता, घाइते अपाङ्गता भएकहरूको रुपान्तरण हुनुपर्ने रहेको शर्माको भनाइ छ । सरकारले गरेको राम्रो कामको प्रशंसा गरेको र नराम्रो गरेकोमा प्रश्न पनि उठाएको भन्दै उनले समग्रमा प्रवासको अभियान सफल भएको जिकिर गरे ।

माओवादी केन्द्रीय सदस्य एवं प्रवासका नेता लक्ष्मण पन्तको अमेरिकाज् र युरोपका देशहरूबाहेक अन्य क्षेत्रमा अभियान सफल भएको जिकिर गरे । यद्यपि युरोप र अमेरिकाज् क्षेत्रमा कार्यव्यस्ता बढी भएकाले सोच बमोजिमको परिणाम नआएको उनले अनुभव सुनाए ।

‘प्रवासको ६ वटा क्षेत्रीय संगठन विस्तार सफलतापूर्वक अगाडि बढिरहेको छ । खासगरी युरोप र आमेरिकामा व्यस्तता हुने भएकाले बैठक भेला गर्न समस्या भएको देखिन्छ । सोचेजस्तो परिणाम आएको छैन । त्यहाँ कमजोर देखिन्छ । अन्य क्षेत्रमा सफलतापूर्वक सम्पन्न भएको छ’, पन्तले भने ।

प्रवास समितिले ‘जहाँ गए पनि जहाँ बसे पनि सपनामा नेपाल, जपनामा नेपाल नारा’ तय गरेको थियो । तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत प्रवास समन्वय समितिको बैठक सम्पन्न भएको पन्तले जानकारी दिए । यस्तै ६ वटा क्षेत्रीय कमिटीको बैठक सम्पन्न भएको, संगठन भएका ३२ वटै देशका सबै राष्ट्रिय कमिटी बैठक बसेको, सोही कमिटी अन्तर्गत विभिन्न क्षेत्रीय, नगर र टाउन कमिटीको बैठक सम्पन्न भएको उनले बताए ।

पन्तका अनुसार भारतको संगठन अलि विशिष्ठ खालकाले त्यहाँ घरदैलो अभियान, कोठे भेला, कोणसभा लगायतका कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको पन्तको जिकिर छ ।

यस्तै जापानमा दर्जनौँ क्षेत्रीय कमिटी रहेकाले जापान कमिटी अन्तर्गत क्षेत्रीय कमिटीको भेला र अधिवेशन भएका छन् । त्यहाँ जनवर्गीय संगठनहरूको अधिवेशन डिसेम्बरको अन्त्यमा हुने पन्तले बताए । यस्तै मध्यपूर्व र अमेरिकामा पनि राष्ट्रिय अधिवेशन गर्ने प्रक्रियातिर चलिरहेको उनले बताए । यसका लागि सदस्यता वितरण अन्तर्गत अनलाइन सदस्यता फारम भरेर सयौँको संख्यामा पार्टी सदस्यता वितरण भइसकेको पन्तले जानकारी दिए ।

उनका अनुसार सिङ्गो प्रवासमा लगभग ८ हजार सदस्य रहेकोमा अभियानपश्चात ५÷६ सय सदस्य वृद्धि भएको र संक्षेपमा अभियान सफलतापूर्वक सम्पन्न हुँदैछ ।

कुन कुन क्षेत्रमा के के भए ?

दक्षिण एशिया–भारत

जनसभा भेटघाट, कोणसभा, घरदैलो भेला अभियान सञ्चालन । मुख्य सहर जम्मुकस्मिर, दिल्ली, हरियाणा मुम्बई, गोवा, गुजरात, महाराष्ट्र, केरला, तमिलनाडु, कर्नाटक र हैदराबाद लगायतमा ठुला जनसभा ।

पश्चिम एसियामा

२÷३ राउन्ड क्षेत्रीय कमिटीको बैठक सम्पन्न । राष्ट्रिय अघिवेशन हुन बाँकी । क्षेत्रीय समितिको बैठकको अबला सदस्यता वितरण गर्ने काम भइरहेको ।

पूर्वी एसिया

जापान , कोरिया, हङ्कङ, मलेसियामा संगठन सुदृढ हुन जापानमा सम्मेलन हुँदैछ । मलेसिया, मकाउ र हङकङमा पनि राष्ट्रिय सम्मेलन भइरहेको छ भने कोरियामा  राष्ट्रिय सम्मेलन गर्ने प्रक्रिया अगाडि बढिरहेको छ । यो क्षेत्रमा सफलतापूर्वक सदस्यता वितरण गर्ने र अभियानको कामलाई तीव्रता दिने काम भइरहेको छ ।

पश्चिम एसिया

संगठन विस्तार, बैठक प्रशिक्षण सफलतापूर्वक भएको छ ।

युरोप

१२/१३ वटा देशमा राष्ट्रिय कमिटी रहेकामा त्यहाँ क्षेत्रीय कमिटीको बैठक सम्पन्न भएको छ । अन्य क्षेत्रको तुलनामा त्यहाँ व्यस्तता बढी रहेकाले समस्या देखिएको छ भने सोचेको जस्तो परिणाम आउन नसकेको नेताहरु बताउँछन् ।

ओसोनिया

अष्ट्रेलिया लगायत देशहरुमा पनि सामन्य मिटिङ भएका छन् । संगठन विस्तार, प्रशिक्षण जारी रहेको बताइएको छ ।

अमेरिकाज्

अमेरिका र क्यानडा लगायत देशहरूमा पनि गतिविधि सामन्यतया राम्रै भएको छ । मानिसहरूको कार्यव्यस्ताका कारण सोचे अनुसार परिणाम नआएको नेताहरु बताउँछन् । यी क्षेत्रबाहेक अन्य क्षेत्रमा सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको छ ।

यस्तो छ अध्यक्ष शर्माले प्रस्तुत गरेको कार्ययोजनासहितको मुख्य विषयहरू -

१. यो अभियानसँगै क्षेत्रीय राष्ट्रिय कमिटीको भेला, बैठक, सम्मेलन, सदस्यता नवीकरण, लेवी आदि केन्द्रदेखि तलसम्म गर्नुपर्नेछ ।

२. प्रवासमा रहेका हरेक राष्ट्रिय कमिटीहरूले प्रवासी नेपालीहरूले भोगेका समस्याहरूका बारेमा २ पेजको कन्ट्री पेपर तयार गर्ने । त्यो पेपरमा त्यहाँको सङ्गठनको अवस्था, मजदुरको अवस्था र अन्य सङ्गठन र संस्थाहरूको अवस्था तथा त्यो देशसँगको हाम्रो आपसी सम्बन्धका बारेमा पनि उल्लेख गर्ने ।

३. प्रवासी नेपालीले भोगेका समस्या र मुद्रा लिपिबद्ध रूपमा उठाउनुका साथै सरकार, कुटनीतिक निकाय र सरोकारवालासँग समन्वय गर्ने ।

४. असोज २० देखि कार्तिक ३० गतेसम्म केन्द्र क्षेत्र र राष्ट्रिय कमिटीमा रहेका नेतृत्वहरुले आपूm रहेका देशको अन्तर नगर, जिल्ला, अन्तर सहर प्रदेश, अन्तर राज्यको जिम्मेवारी लिने गरी कार्य विभाजन गर्नुपर्ने छ ।

५. प्रत्येक क्षेत्र र राष्ट्रिय कमिटीले प्रवासीहरूको मन छुने र तिनीहरूका हितमा केन्द्रित रहेर अन्तरक्रिया कार्यक्रम गर्नुपर्नेछ ।

६. सबै क्षेत्र र राष्ट्रिय कमिटीको सम्मेलन गर्नका लागी तल्ला तहका कमिटीको सम्मेलन भेला, बैठक पर्नुपर्नेछ । धेरैजसो राष्ट्रिय कमिटीको सम्मेलन भएको पनि २ वर्ष पुगेकोले पनि अभियानका बिचमा सम्मेलन गरिनुपर्नेछ ।

७. कार्तिक अन्तिममा बृहत् समीक्षात्मक बैठकको आयोजना गरिनेछ ।

८. हरेक देशले ती देशमा रहेका डक्टर, इन्जिनियर, प्रोफेसर, उद्योगी, विद्यार्थी र मजदुरहरूको अवस्थाको विवरण सङ्कलन गरी उनीहरूको ज्ञान, सिप, क्षमताको नेपालमा अधिकतम सदुपयोग गरिने छ ।

९. अभियानका क्रममा आफूले गरेका कामको सबै सामाजिक सञ्जालमा प्रचार गरिने छ । विरोधीहरूले छरेका सबै भ्रमको चिरफार गरिनुपर्ने छ ।

१०. प्रवासमा रहेर सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने कार्यकर्ता, शुभेच्छुक, र नेताहरूको तलदेखि माथिसम्म सम्मान कार्यक्रम गरिने छ । र यसमा सङ्गठन बाहिर राम्रा काम गर्ने नेपालीलाई सम्मान गरिने छ ।

११. अभियानमा सकेसम्म क्षेत्रीय समिति र राष्ट्रिय समितिले प्रवास इन्चार्ज, अध्यक्ष र सीसीएम तथा सचिव र प्रवास समन्वय समितिका सदस्यहरूको उपस्थितिमा भौतिक कार्यक्रम गर्ने ।

१२. अभियान लागि यस पूर्व परिपत्र मार्फत तोकिएको आर्थिक तत्काल पूरा गर्ने । साथै बक्यौता लेवीहरुः प्रवास एचक्युमा तत्काल पठाउने ।

१३. रिटर्नीहरुको बारेमाः प्रवासबाट नेपाल फर्केकाहरूलाई सङ्गठन गर्ने । र उत्पादनमा सहभागी र हुन रिटर्नी सेन्टरमा गोलबन्द गराउन पहल गरिनेछ । नेपाल फर्केको लिस्ट (सूची) प्रवास कार्यालयमा उपलब्ध गराउनु पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप