आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्नी देओल सडकमा मातिएर हिँडिरहेको भिडियोको वास्ताविकता

शुक्रबार, ३२ जेठ २०८१, १६ : २१
शुक्रबार, ३२ जेठ २०८१

मुम्बई । सन्नी देओलको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा सन्नी सडकमा लड्खडाएर हिँडिरहेको देखिएका छन् ।  यसपछि उनी अटो चालककहाँ जान्छन् । अटो चालकले उनीहरूलाई सहयोग गर्छन्।

यो देखेर मानिसहरुले उनले मादक पदार्थ पिएर यसरी हिँडिरहेको बताइरहेका छन् । जबकि अन्य प्रयोगकर्ताहरूले भने यो डिपफेक भिडियो भनेर टिप्पणी गरिरहेका छन् । यसबाहेक धेरै प्रयोगकर्ताहरूले विभिन्न किसिमका कमेन्टहरू गरिरहेका छन् ।

यसैबिच सन्नीले भाइरल भइरहेको भिडियोको सत्यता खुलाएका छन् । फिल्मको सुटिङको भिडियो ट्वीटरमा सेयर गर्दै उनले लेखेका छन्– ‘अफवाहको ‘यात्रा’ यतिसम्म मात्रै थियो । वास्तवमा सन्नी आफ्नो आगामी फिल्म ‘सफर’ को सुटिङमा व्यस्त थिए । कसैले उनको भिडियो क्लिप बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको थियो, जुन अहिले जताततै भाइरल भइरहेको छ । 

सन्नीले धेरै पटक आफ्नो अन्तर्वार्तामा आफू रक्सी नखाने बताएका छन् । उनलाई रक्सी कहिल्यै मनपरेन। सन्नी भन्छन्, ‘मानिसलाई मदिरा पिउन कसरी यति धेरै मन पर्न सक्छ, मैले बुझिनँ । मैले कहिल्यै प्रयास नगरेको भने होइनँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप