आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

'स्थानीय तहलाई हतियार सहितको प्रहरी आवश्यक'

शुक्रबार, ३२ जेठ २०८१, १६ : २३
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । इटहरीका मेयर हेमकर्ण पौडेलले स्थानीय तहको न्यायिक समितिलाई  सुदृढ र प्रभावकारी बनाउन स्थानीय तहको प्रहरीलाई हतियार आवश्यक भएको बताएका छन् ।

  इटहरीमा बिहीबार सुनसरी जिल्लाभरका स्थानीय तहका न्यायिक समितिका प्रमुखबिच भएको छलफलमा प्रमुख अतिथि रहेका मेयर पौडेलले न्यायिक समितिको निर्देशन पालना गर्ने हतियार सहितको प्रहरी आवश्यक भएको बताएका हुन् ।

स्थानीय तहलाई कतिपय अवस्थामा दौडनुपर्छ भने पनि खुट्टा बाँधेर दौडन लगाएजस्तो भएको बताए । ‘संविधान र ऐनका प्रावधानमा आधारित रहेर स्थानीय सरकारका अधिकार र जिम्मेवारीहरू अनुसार अघि बढ्न कानुन, नियम तथा विनियम बनाउने कुरामा अप्ठ्यारो छ,’ उनले भने । उनले अप्ठ्यारो  फुकाउन तीनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक पर्ने बताए ।

 ‘समन्वय र सहकार्यका आधारमा ऐन–कानुनको कार्यान्वयन हेरेर तिनीहरूमा आवश्यक परिमार्जन पनि गर्नुपर्ने हुन्छ,’ उनले भने । अहिले हाम्रो न्यायिक समितिले निर्णय गरेको कुरा कार्यान्वयनमा झन्झटिलो अवस्था छ । हाम्रो न्यायिक समितिको निर्णय कार्यान्वयनमा हाम्रै हतियार सहितको प्रहरी चाहियो । संघीय नेपालका तीन तहमध्ये नागरिकको सबभन्दा नजिक रही लोकतन्त्रको दरिलो जगका रूपमा र विकासको माध्यमका रूपमा स्थानीय तह रहेको हुन्छ ।’ यद्यपि, बाहिरबाट देखिएजस्तो नभएको नगरप्रमुख पौडेलले जिकिर गरे  ।

उनले न्यायधीशहरुले त न्यायिक समितिलाई सौताजस्तो व्यवहार गर्ने गरेको टिप्पणी गरे  । आफ्नो निर्णय कार्यान्वयन गराउन प्रहरी गुहार्दा माथिल्लो आदेश पर्खनु पर्ने बताउने गरेको बताउँदै मेयर पौडेलले पालिकाको प्रहरीलाई हतियार दिन सरकार सँग आग्रह गरेका हुन ।सो कार्यक्रममा इटहरी उपमहानगरपालिका उपप्रमुख संगीता चौधरी, धरान उपप्रमुख आइन्द्रविक्रम बेघालगायतले बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप