आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कनकमणिले फिर्ता गरे बेनीमा गोली लागेको बिजुलीको पोल

शुक्रबार, ३२ जेठ २०८१, १६ : २९
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । हिमाल मिडियाका सञ्चालक कनकमणि दीक्षितले माओवादी जनयुद्धका क्रममा म्याग्दीको बेनी आक्रमणमा गोली लागेको बिजुलीको पोल फिर्ता गरेका छन् ।

म्याग्दीको सदरमुकाम बेनीमा तत्कालीन माओवादी र नेपाली सेनाबिच २०६० चैत ७ गते भएको भिडन्तमा दुवै पक्षको गोली लागेर छिया छिया भएको बिजुलीको पोल म्याग्दी फिर्ता पठाएका हुन् ।

बिहीबार दीक्षितले बेनी नगरपालिकाका प्रतिनिधिलाई सो पोल हस्तान्तरण गरेका हुन् । उनले २०६७ साल असोजमा म्याग्दीबाट गोली लागेको बिजुली ल्याएर पाटनमा राखेका थिए ।

शुक्रवार दीक्षितले सामाजिक सञ्जालमा ‘बेनीको खम्बा घर फर्कँदै’ शीर्षकमा सो पोल बेनी नगरपालिकालाई हस्तान्तरण गरेको विवरण राखेका छन् । पाटनको मदन पुरस्कार पुस्तकालय हाताभित्र राखिएको उक्त बिजुलीको पोल फिर्ता गराउन म्याग्दीको नगरपालिका, राजनीतिक दल, अधिकारकर्मी र नागरिक अधिकारकर्मीले पटक पटक आग्रह गर्दै आएका थिए ।

फिर्ता लगिएको बिजुलीको पोललाई बेनी नगरपालिका वडा नम्बर ७ मा बन्न लागेको शान्ति पार्कमा राखिने बेनी नगरप्रमुख सुरत केसीले जानकारी दिएका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप