आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिल्म ‘११:५५’ निर्माण हुने, मुख्य भूमिकामा महेश र सृष्टि

शुक्रबार, ३२ जेठ २०८१, १६ : ३७
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । फिल्म ‘११:५५’ घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमकाबिच घोषणा भएको फिल्ममा केशव पाण्डेको कथा र निर्देशन रहनेछ । 

महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रज लगायतको अभिनय रहने फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन छ । क्राइम, थ्रिलर विधामा फिल्म निर्माण हुने लागेको हो ।

विचित्र फिल्मस्सँग गुड जब आर्ट्सको निर्माण सहकार्य रहेको फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सहनिर्माता रहेका छन् । 

फिल्मको आफू राम्रो दर्शक भएकोले फिल्म राम्रो बनाउन निर्देशनमा होमिन लागेको पाण्डेले बताए । 

‘म राम्रो दर्शक हुँ । विगत एक दशक देखिको फिल्म सम्बन्धी अनुभवलाई सङ्गालेर कथा तयार गरेको हुँ’, निर्देशक पाण्डेले भने, ‘यो फिल्मको कथा नै स्टार हो । यहाँ कलाकार भन्दा पनि पात्र हामी हुनेछन् ।’

कार्यक्रममा अभिनेत्री सृष्टि श्रेष्ठले कथाले नै आफूलाई आकर्षित गरेको बताइन् । ‘मैले कथा पढेपछि अगाडि के होला ? भनेर जिज्ञासु बन्थे । यो फिल्ममार्फत हामी पात्रको रूपमा चिनिने छौँ । यो मेरो करिअरलाई अगाडि बढाउने फिल्म बन्नेछ’, अभिनेत्री श्रेष्ठले भनिन् ।

अभिनेता त्रिपाठीले आफूले नयाँ भूमिका प्राप्त गरेको बताए । ‘मैले अहिलेसम्म आफूलाई प्रस्तुत गर्न नपाएको भूमिका फिल्ममा छ ’, उनले भने ।

प्रद्युमन मिश्रको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन रहने फिल्मको प्रोडक्सन डिजाइन सुवासराज काफ्ले हुन् ।

फिल्म ‘११ः ५५’ मा ६ जनाको कथा देखाइनेछ । शनिवारबाट छायाङ्कन सुरु हुने फिल्मले ३५ दिनको सेड्युल तय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप