आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री भन्छन्– एक वर्ष यही सरकारले निरन्तरता पाउँछ, के के गर्छु हेर्दै जानुहोला

शुक्रबार, ३२ जेठ २०८१, १७ : ३४
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको एक वर्ष विकासको मोडालिटी र आर्थिक समृद्धिमा सरकारको ध्यान केन्द्रित हुने बताएका छन् ।

बिहीबार तारकेश्वर नगरपालिकास्तरीय पार्टीको प्रशिक्षण कार्यक्रममा उनले एक वर्ष वर्तमान सरकारले निरन्तरता पाउँदा विकासको मोडालिटी र बजेटको विषयमा बेग्लै तरिकाले प्रस्तुत गरेको जिकिर गरे ।

‘आगामी एक वर्षपनि यही सरकारले निरन्तरता पाउँछ’, प्रचण्डको भनाइ उदृत गर्दै प्रशिक्षणमा सहभागी एक नेताले भने, ‘आगामी आर्थिक वर्ष सरकार र विकासको मोडालिटीमा सरकारले ध्यान केन्द्रित गर्छ । अब म के के गर्छु हेर्दै जानुहोला ।’

यस्तै प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखेर हौसिएका प्रचण्डले यही रफ्तारमा विचार र कार्यशैलीको हिसाबले लिड गर्न सके २०८४ अघि  नगरपालिका पार्टीको कब्जामा आउने दाबी गरे । 

‘पहिलो पटक उपस्थित भएको यस कार्यक्रममा कार्यकर्ताहरूको उपस्थिति, उत्साह र आत्मविश्वास देख्दा म निकै खुशी भएको छु । आगामी दिनमा अभियानलाई निरन्तरता दिन सक्यौं, विचार र कार्यशैलीको हिसाबले लिड गर्न सक्यौं भने २०८४ नपुग्दै यो तारकेश्वर नगरपालिका पार्टीको नियन्त्रणमा लिने विश्वास व्यक्त गर्छु’, उनले भने । 

करिब डेढ घण्टा प्रशिक्षण दिएका उनले सरकारले गरेको काम, अभियानको उद्देश्य, पार्टीको आगामी योजना र कार्यक्रमबारे धारणा राखेका थिए ।

कार्यक्रममा नेता तथा कार्यकर्ताले क्षेत्र नं. ६ लाई पार्टीले  उत्पीडनमा पारेको, २०७४ मा हिमाल शर्माको उम्मेदवार क्यानसिल गरी झक्कु सुवेदीलाई ल्याएको, शर्मालाई राष्ट्रिय सभा सदस्य बनाउने प्रतिबद्धता पुरा नगरेको, खानेपानी, विकास निर्माणमा सरकारले ध्यान नदिएको गुनासो पोखेका थिए । साथै आगामी दिनमा  विषयमा कार्यकर्ताको भावना बुझेर काम गर्न प्रचण्डसँग आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप