आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम महोत्सवको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

शुक्रबार, ३२ जेठ २०८१, १८ : २१
शुक्रबार, ३२ जेठ २०८१

धनगढी । मंसिर २२ देखि पुस २ गतेसम्म आयोजना हुने सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको तयारी पूरा भएको हो । २०६३ सालदेखि आयोजना हुँदै आएको महोत्सवको यो १७ औँ संस्करण हो ।

शुक्रबार एक कार्यक्रमका बिच प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्सवको उद्घाटन गर्नेछन् । संघले बिहीबार पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी गराएको हो ।

संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवमा कृषि, जडिबुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी ४ सयको हाराहारीमा स्टल रहेको जानकारी दिए । साथै महोत्सव स्थलमा सुदूरपश्चिमका परिकारसहितका खानाका स्टल रहने व्यवस्था गरिएको उनले बताए ।

महोत्सवमा थारु र रानाथारु समुदायहरुको संस्कृति जर्गेनाको लागि संग्रालयसहितको अलगै थारु गाउँ नै निर्माण गरिएको छ ।

३ करोडको लागतमा आयोजना हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने तथा करिब ६ लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्रीलाई १० किलोको माला

महोत्सव उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डलाई १० बुँदे मागसहित १० किलोको माला लगाइने आयोजकले जनाएको छ ।

संघले २१ बुँदे मागसहित सुरु गरेको महोत्सवमा हालसम्म झण्डै ११ माग पूरा भएको तथा पूरा हुने क्रममा रहेकाले १० बुँदे मागसहित १० किलोको माला लगाइने संघका महासचिव ओमबहादुर विष्टले जनाए ।

महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु ५०, सर्वसाधारणलाई रु १ सय टिकट दर र फरक क्षमता भएकालाई निःशुल्क गरिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप