आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जिम्बाबेले अन्तिम बलमा हरायो पाहुना टोली आयरल्यान्डलाई

शनिबार, १२ जेठ २०८१, १० : ३४
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । घरेलु टोली जिम्बाबेले बिहीबार राति सम्पन्न पहिलो टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा आयरल्यान्डमाथि एक विकेटको जित हासिल गरेको छ । जितसँगै जिम्बाबेले तीन टी—२० खेलको शृंखलामा १—० को अग्रता पनि लिएको छ ।

जिम्बाबेले अन्तिम ओभरको अन्तिम बलमा विजयलक्ष्य पुरा गरेको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको भ्रमणकारी टोली आयरल्यान्डले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको जिम्बाबेले नौ विकेट गुमाएर अन्तिम ओभरको अन्तिम बलमा विजयलक्ष्य पुरा गरेको थियो । जिम्बाबेको जितमा कप्तान सिकन्दर राजाले ६५ रनको योगदान गरे । उनले केवल ४२ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काएका थिए ।

ओपनर ब्याट्सम्यान वेस्ली माधेविरेले पनि २६ बलमा तीन चौकाको मद्दतले २५ रनको योगदान गरे । क्लाइभ मादन्डेले २० रन जोडे । ट्रेभर ग्वान्डु पाँच र ब्लेसिङ मुजराबानी दुई रनमा अविजित रहे । आयरल्यान्डका बलर क्रेग योङ, बेरी म्याककार्थी, जोस लिटल र मार्क एडिरले दुई—दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डका लागि ओपनर एन्डी बलबिर्नीले ३२ रन बनाएका थिए । गारेथ डेलनीले अविजित २६, ह्यारी टेक्टरले २४ र लोर्कन टस्करले २१ रन जोडेका थिए । कप्तान पल स्टर्लिङले टोलीको खातामा १४ रन थपेका थिए ।

जिम्बाबेका बलर सिकन्दर राजाले तीन विकेट पनि लिए । उनले चार ओभरमा २८ रन खर्चिए । ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका सिकन्दर राजा प्लेयर अफ दी म्याच पनि घोषित भए । दोस्रो टी—२० खेल शनिबार खेलिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप