आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विचाराधीन मुद्दामा श्रम कार्यालयको हस्तक्षेप : अत्यावश्यक स्वास्थ्य सेवामा गम्भीर असर

शनिबार, १२ जेठ २०८१, १० : ३७
शनिबार, १२ जेठ २०८१

काठमाडाैँ । उमेर हदका कारण सेवानिवृत एक जना कर्मचारीले सृजना गरेको श्रम विवादको फैसला कार्यान्वयनमा सन्दर्भमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहकै अवस्थामा श्रम कार्यालय, भद्रपुरले हस्तक्षेप गर्दा आम्दा अस्पतालका बैङ्क खाताहरू बन्द हुन पुगेका छन् र अत्यावश्यक सेवा प्रवाहमा गम्भीर असर परेको पाइएको छ ।

एशोसियसन अफ मेडिकल डक्टर्श अफ एसिया नेपाल (आम्दा नेपाल) एक गैर नाफामूलक सामाजिक संस्था हो । संस्था दर्ता ऐन २०३४ अन्तरगत काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्मा आबद्ध आम्दा नेपालले विभिन्न दातृ परिवार, नेपाल सरकार एवं अन्तर्राष्ट्रिय संघ संस्थाहरूको सहयोग जुटाइ स्थानीय नगरपालिकाहरूसँग एक छुट्टै सम्झौता गरी अस्पतालहरू सञ्चालन गर्दै आएको छ । आम्दा नेपाल मातहतका आम्दा मेची अस्पताल, धुलावारी , आम्दा अस्पताल दमक र सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवल स्थानीयस्तरमा गुणस्तरीय स्वास्थ्य सेवाका लागी परिचित छन् । आम्दा नेपाल मातहतका आम्दा शैक्षिक प्रतिष्ठान दमक र बुटवलले प्रवीणता प्रमाणपत्र स्तरको नर्सिङ, सामान्य चिकित्सा, फार्मेशी, रेडियोग्राफी एवं फिजियोथेरापी विषयको शैक्षिक कार्यक्रम समेत न्यून शुल्कमा सञ्चालन गर्दै आएका छन् । आम्दा नेपाल मातहतका अस्पतालमा वार्षिक १ लाख भन्दा बढी बिरामीले सेवा लिँदै आएका छन् । शैक्षिक कार्यक्रम तर्फ वार्षिक २०० भन्दा बढी विद्यार्थीले न्यून शुल्कमा पढ्ने र आफ्नो अस्पतालमा प्रयोगात्मक अभ्यास गर्ने मौका पाएका छन् ।

आम्दा नेपालले नेपाल स्थित UNHCR कार्यालयसँग सन् १९९६ देखी एक साझेदारको रूपमा समेत काम गर्दै आएको छ । भुटानी शरणार्थी विरामीहरूलाइ उपचार सेवा प्रदान गर्ने मूल उद्देश्य सहित परियोजनाको रूपमा स्थापना भएको आम्दा रेफरल हेल्थ सेन्टर दमकमा परियोजनामा श्री श्याम प्रसाद न्यौपानेले तत्कालको अवस्थामा रेडियो ग्राफर पदमा नियुक्ति पाउँ भनी पेस गरेको निवेदनको आधारमा रिफरल हेल्थ सेन्टर फर भुटानी रेफुजिज दमकमा रेडियो ग्राफर पदमा सन् १९९४ जनवरी १ मा प्रथम पटक समयगत रोजगारीमा (Contract of Temporary Employment)  नियुक्त भएको देखिन्छ । तत्कालीन अवस्थामा भुटानी शरणार्थीहरूका लागी सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापित रिफरल हेल्थ सेन्टर फर भुटानी रेफुजिजले शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालय (UNHCR) सँग हुने वार्षिक सम्झौताका आधारमा कर्मचारीको नियुक्ति समेत बढीमा परियोजना अवधिका लागी हुने गरेको देखिन्छ ।(UNHCR) सँगको वार्षिक सम्झौता नवीकरण भएको अवस्थामा सम्बन्धित कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनको आधारमा आवश्यक कर्मचारीहरू परियोजना अवधिभरका लागी कार्यगतरसमयगत रोजगारीमा काम गर्ने गरी दुई संस्थाबिच सम्पन्न सम्झौताको अधीनमा रही सेवाका सर्त समेत तोकिएको Contract of Temporary Employment मा श्री श्याम प्रसाद न्यौपानेले समेत हस्ताक्षर गरेको देखिन्छ ।

भुटानी शरणार्थीलाई सेवा प्रदान गर्न स्थापित रिफरल हेल्थ सेन्टर फर भुटानी रेफुजिजमा स्थानीय नागरिकले समेत सेवा लिन लागेकोमा स्वास्थ्य सेवालाइ सर्वसाधारणको सहज पहुँच बनाउन आम्दा नेपालले उक्त सेन्टरलाई आम्दा अस्पताल नामकरण गरी क्रमशः नियमित सेवा थप गर्दै लगेको हो। नियमित सेवा थप भए सँगै श्री श्याम प्रसाद न्यौपानेले वि.सं. २०६६।०१।१४ गते स्थायी नियुक्तिका लागी पेस गरेको निवेदन समेतका आधारमा निजलाई वि.सं. २०६८।०९।२५ च.नं. ७५१ को पत्र मार्फत स्थायी नियुक्ति प्रदान गरेको देखिन्छ ।

आम्दा नेपालको कर्मचारी नियमावली अनुरूप उमेर हद्दका कारण श्री श्याम प्रसाद न्यौपानेले वि.सं.  २०७४।१०।०४ गते देखि नियमित सेवाबाट अनिवार्य अवकाश पाएको देखिन्छ । अवकाश पश्चात् समेत श्री श्याम प्रसाद न्यौपानेको अनुरोधमा निजलाई परामर्शदाताका रूपमा समयगतरकार्यगत रोजगारीमा नियुक्त गरेको देखिन्छ । उमेरहद पछि परामर्शदाताको रूपमा कार्यगतर रोजगारीमा बहाल रहँदा निजले प्राप्त गर्ने सेवा सुविधा आपसी मन्जुरीमा गरिएको समझदारीमा उल्लेख छ ।

श्री श्याम प्रसाद न्यौपानेले आम्दा नेपालको नियमानुसार नियमित रोजगारीमा रहदाँको अवस्थामा नियमानुसार पाउने उपदान लगायतको सेवा सुविधा यथासमयमा तीन लाख उनन्सत्तरी हजार एक सय सट्सठ्ठी  भुक्तानी पार्इसकेको देखिन्छ । निजले संस्थाको नियमानुसार पाउने सुविधा पाइ सके पछि अनावश्यक रूपमा आफू परामर्शदाताको रूपमा कार्यरत रहँदाको बखतको सेवा सुविधा आपसी मन्जुरीमा गरिएको समझदारीमा उल्लेख भएकोमा सो भन्दा अलग्गै छुट्टै दाबी सहित श्रम कार्यालयमा उजुरी गरेको देखिन्छ ।

श्रम कार्यालय, भद्रपुरका तत्कालीन कार्यालय प्रमुख श्री दुर्गा आचार्यले उजुरीकर्ताको वास्तविकता र तथ्यमा प्रवेश नगरी उजुरीकर्ताकै कपोकल्पित दावीका आधारमा एकपक्षीय रूपमा श्रम ऐनमा हुँदै नभएको वार्षिक २ महिनाका दरले उपदान लगायतका अन्य सुविधा समेत भुक्तानी दिनु भनी फैसला सुनाएकोमा श्रम अदालत हुँदै उक्त विवाद सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा श्रम कार्यालय, भद्रपुरले नेपाल राष्ट्र बैङ्कलाई आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूको बैङ्क खाता रोक्का राख्न लिखित पत्र पठाएको छ । आम्दा नेपालले सञ्चालन गरेका अस्पतालले प्रदान गर्ने अत्यावश्यक सेवामा प्रत्यक्ष असर पुग्ने गरी हठात त्बैंक खाता रोक्का राख्नाले अस्पतालमा उपचाररत बिरामीलाई अत्यावश्यक हुने सरसामानको प्रबन्ध गर्न नसकिने अवस्था सृजना भएको छ । यस तर्फ श्रम कार्यालयको निर्णय उपर अविलम्ब हस्तक्षेप गरी सर्वसाधारणलाई सरल र सहज उपचार व्यवस्था मिलाउन आम्दा नेपालले पहल कदमी लिनु पर्ने देखिएको छ । 

आम्दा नेपालका पूर्व कर्मचारी श्याम प्रसाद न्यौपानेले संस्थामा कार्यरत रहँदा सम्म संस्थाको नियमानुसार सेवाका सर्त मञ्जुर गरेको, आपसी मन्जुरीमा गरिएको समझदारीमा तोकिए बमोजिमको सेवा सुविधा नियमित रूपमा बुझिलिएको, अन्तमा शैक्षिक योग्यताको कमी रहेको कारणले परामर्शदाताको रूपमा अवधि थप हुन नसके पछि दुरासय पूर्वक दुःख दिने नियतले उजुरी गरेको देखिन्छ । अनावश्यक दावी गरी दुःख दिएकोमा सोबाट अस्पतालको सेवा प्रवाह हुन नसक्दा सर्वसाधारणले पाएको दुख तथा संस्थालाई हुन पुगेको क्षतिको उचित क्षतिपूर्ति गराएर यस प्रकारको मनोवृत्तीलाइ दुरुत्साह गर्नु पर्ने देखिन्छ ।

Labor Office_Account Freeze_20231124_130842

Parmanent application_SPN

Parmanent letter_SPN

First application and contract_SPN-1

First application and contract_SPN-2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप