आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

शनिबार, १२ जेठ २०८१, १० : ५१
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ । बुधबार सिरियाको लागि फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) १२ औँ डफ्फा, मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) सातौँ डफ्फा, इन्जिनियर से.मु. (शान्ति सेना) आठौँ डफ्फा, लेबल १ (+) अस्पताल (शान्ति सेना) पाँचौँ डफ्फा र क्लोज प्रोटेक्सन युनिट (शान्ति सेना) चौँथो डफ्फाका १६२ जना नेपाली शान्ति सैनिकहरू सेनानी नवराज नाथको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टर्ड बिमानद्वारा काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।

उक्त मिसनमा कार्यरत विभिन्न युनिटहरुका २३८ जना नेपाली शान्ति सैनिकहरू आफ्नो कार्यकाल सम्पन्न गरेर प्रमुख सेनानी महेश कुमार सुवाल बाटाको नेतृत्वमा गएराति नै स्वदेश फिर्ता भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप