आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फारवेष्ट पशुपति कपको छैटौँ संस्करण मंसिर २९ गतेदेखि

शनिबार, १२ जेठ २०८१, १० : ५०
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको छैटौँ संस्करण मंसिर २९ गतेदेखि सुरु हुने भएको छ । यसअघि आयोजक फारवेष्ट पशुपति युवा क्लबले प्रतियोगिता मंसिर २२ गतेदेखि आयोजना गर्ने जानकारी दिएको थियो ।

विशेष परिस्थितिका कारण प्रतियोगिता एकसाता पछाडि सारिएको आयोजकले जनाएको छ । आयोजक क्लबका महासचिव ललित मिश्रले विशेष परिस्थितिका कारणले प्रतियोगिता सरेको जानकारी दिए । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पनि २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

यसैगरी विभिन्न विधाका उत्कृष्ट खेलाडीले पनि १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने जानकारी आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले दिए । प्रत्येक खेलको म्यान अफ दी म्याचले पनि पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिताको कुल पुरस्कार राशी आठ लाख ७० हजार रुपैयाँ रहेको छ । धनगढी रंगशालामा आयोजना हुने उक्त प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब ४९ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप