आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

एसीसी यू—१९ एसिया कप क्रिकेट : पाकिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

शनिबार, १२ जेठ २०८१, ११ : ०८
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । एसीसी यू—१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) को दुबइस्थित आईसीसी एकेडेमी ग्राउन्डमा पाकिस्तानले टस जिती पहिले बलिङ गर्ने निणर्य लिएको हो । 

नेपाल र पाकिस्तानबिचको खेल नेपाली समयअनुसार, विहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल उक्त प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र अफगानिस्तान पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल आइतबार अफगानिस्तानसँग खेल्नेछ । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल बलियो टेस्ट राष्ट्र भारतसँग आगामी मंगलबार खेल्नेछ । 

प्रतियोगिताको समूह ‘बी’ मा भने बंगलादेश, जापान, श्रीलंका र आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । दुबै समूहको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल डिसेम्बर १७ तारिखमा हुनेछ । 

नेपाल क्रिकेट संघ (क्यान) ले उक्त प्रतियोगिताका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप