आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

एसीसी यू—१९ एसिया कप क्रिकेट : नेपालले पहिलो विकेट गुमायो

शनिबार, १२ जेठ २०८१, ११ : २९
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । एसीसी यू—१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । यूएईको दुबइस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले तिलक भण्डारीका रुपमा पहिलो विकेट गुमाएको हो । 

तिलक नौ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भए । उनलाई पाकिस्तानी बलर अमिर हसनले साद बेगद्वारा क्याच गराएका थिए । २.२ ओभरमा तिलक आउट हुँदा नेपालले १० रन बनाएको थियो । 

नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र अफगानिस्तान पनि रहेका छन् । नेपालको प्लेइङ—११ मा देव खनाल (कप्तान), अर्जुन कुमाल, तिलक भण्डारी, आकाश त्रिपाठी, विपिन रावल ९विकेटकिपर०, दीपेश कँडेल, विशालविक्रम केसी, आकाश चन्द, सुवाष भण्डारी, गुल्सन झा र उत्तम रंगु थापामगर रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप