आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘गाउँ आएको बाटो’ जेठमा रिलिज हुने

शनिबार, १२ जेठ २०८१, ११ : ५७
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘गाउँ आएको बाटो’ नयाँ वर्षको जेठमा प्रदर्शन हुने भएको छ । निर्माण युनिटले वितरकसँगको छलफलबाट प्रदर्शन मिति जेठ १८ मा तय भएको जनाएको छ । 

फिल्म नवीन सुब्बाले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङको अलावा प्रशन राई र पशुपति राईको अभिनय छ । अमोद राई र नवीन सुब्बाको निर्माणमा तयार भएको फिल्ममा महेश राई र नवीन सुब्बाको पटकथा छ ।

बाबु र छोराको सम्बन्धमा आउने उतारचढावको कथामा बनेको हो । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत सहभागी भएको यो फिल्म मेन्क्षायम पिक्चर्स र बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप