आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता जुनियर महमुदको निधन

शनिबार, १२ जेठ २०८१, १२ : ०८
शनिबार, १२ जेठ २०८१

मुम्बई । बलिउड अभिनेता जुनियर महमुदको निधन भएको छ । ६७ वर्षीय महमुदको गत राति मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो । उनी लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए । उनको मृत्युको पुष्टि उनका परिवार नजिक सलाम काजीले गरेका छन् । अभिनेताको आज शुक्रबार अन्तिम संस्कार हुनेछ ।

जुनियर महमुदको फिल्म नाम यो थियो । उनको बास्तिबिक नाम भने नईम सैयदको हो । उनले ‘हात्ती मेरो साथी’, ‘कारवां’ र ‘मेरो नाम जोकर’ जस्ता धेरै चर्चित फिल्ममा अभिनय गरेका छन् ।

जुनियर महमूद लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए । उनको मुम्बईस्थित टाटा मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो । पछिल्ला २ महिनादेखि उनको अवस्था नाजुक हुँदै गएको थियो । मेडिकल रिपोर्टका अनुसार उनको कलेजो र फोक्सोमा पनि क्यान्सर फैलिएको थियो ।

पेटको आन्द्रामा ट्युमर पनि बनेको थियो । अन्ततः उनलाई जन्डिस पनि भयो । सन् १९६२ मा रिलिज फिल्म ‘नौनिहाल’ बाट बालकलाकारको रुपमा अभिनय सुरु गरेका जुनियर महमुदले २५० बढी फिल्ममा काम गरेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप