एनसेल प्रकरणमा छानबिन गर्न बनाइएको समितिमाथि निगरानीमा राख्नुपर्छ : गगन थापा
शनिबार, २९ वैशाख २०८१, १३ : १०
काठमाडौँ । सांसद गगन थापाले एनसेल प्रकरणको छानबिन गर्न सरकारले बनाएको समिति माथि यो समितिले छानबिन गर्नुपर्ने बताएका छन् । शुक्रवार बसेको राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
एनसेल प्रकरणमा ठुलै भ्रष्टाचार भएको दाबी थापाको छ। ‘सरकारले बनाएको समितिले चोख्याउने व कारबाही के गर्छ भनेर यो समितिले नजिकबाट नियाल्नुपर्छ’ कांग्रेस महामन्त्री समेत रहेका थापाले भने ।
थापाले पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत समयमै पठाउनुपर्ने समेत बताए। उनले सिंहदरबारमा प्रमुख प्रशासकीय अधिकृत खोज्न दैनिक ५० बढी पालिका अध्यक्ष धाउने गरेकाले उनीहरूको माग तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए ।