आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसीसी यू–१९ एसिया कप क्रिकेट : ५१ रन बनाउँदै आउट भए उत्तम

सोमबार, २८ जेठ २०८१, १४ : १७
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो नवौँ विकेट गुमाएको छ । नवौँ विकेटका रुपमा नेपालले उत्तम रंगु थापामगरलाई गुमाएको हो ।

उनी ५१ रन बनाउँदै आउट भएका हुन् । उनले ७६ बलको सामना गरी दुई छक्का र तीन चौका पनि प्रहार गरे । उनलाई पाकिस्तानी बलर अमिर हसनले आफ्नो बलमा आफैले क्याच लिएका थिए । अमिर हसनले लिएको यो दोस्रो विकेट हो । उत्तम आउट हुँदा नेपालले ३९.५ ओभरमा एक सय ३५ रन बनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप