आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोलम्ब्यिाले किन लगायो पिज्जा बर्गरमा कर ?

सोमबार, २८ जेठ २०८१, १४ : ३१
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । पिज्जा बर्गर भन्ने बित्तिकै खान मन नलाग्ने त को नै होला र ? पिज्जा लगायत जंक फुडमा कर लगाइयो भने तपाई खान कम गर्नु हुन्छ कि, हुन्न ? कोलम्बियाले पिज्जा बर्गर लगायत जंक फुडमा कर लगाएको छ । अत्यधिक मात्रामा स्याचुरेटेड फ्याट, नुन वा चिनीको सेवनमा रोक लगाउन उक्त कर लगाइएको हो ।

कोलम्बियामा झन्डै एक तिहाई वयस्कलाई उच्च रक्तचापको समस्या छ । फाष्ट फुडमा कर लगाएर खपत घटाएर सरकारले मधुमेह र मुटुसम्बन्धी रोगहरु कम गर्ने र नसर्ने रोगका कारण हुने मृत्यु घटाउन खोजेको छ । कोलम्बियाको केन्द्रीय सरकारले  जंक फुडमा १० प्रतिशत अतिरिक्त कर लगाएको छ । आगामी वर्ष यो बढेर १५ प्रतिशतमा पुग्नेछ । सन् २०२४ मा भने यो बढेर २५ प्रतिशतमा पुग्नेछ । कर चकलेटदेखि जेली र चोरिजो देखि सिरियलसम्म सबैमा लागू हुनेछ । हल्का पेय पदार्थमा पनि कर लगाइएको छ । चिनीको मात्रा अनुसार सोडा, फ्रुट जुस, फ्लेभर्ड वाटर र अन्य गुलिया पेयसम्म फरक फरक कर लगाइएको छ ।

डेनमार्कले पनि सन् २०११ मा फ्याट ट्याक्स लगाएको थियो । बटर मिल्क, चिज, पिज्जा, मासु तेल र २ दशमलव ३ प्रतिशतभन्दा धेरै स्याचुरेटेड फ्याट भएका प्रशोधित खानामा सो कर लगाइएको थियो । तर किसान, खाद्य कम्पनी र उपभोक्ताहरुको चर्को विरोधपछि एक वर्षमै कर उल्ट्याइयो ।

चुरोट जत्तिकै खतरनाक छ फाष्ट फुड ?

वर्ल्ड फुड प्रोग्रामका अनुसार विश्वभरमा ९० लाख मानिस भोकमरीका कारण मर्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार मधुमेह, हर्ट अट्याक, हाइपरटेन्सन जस्ता नसर्ने रोगका कारण वर्षेनी करिब ४ धकरोड १० लाख मानिसको मृत्यु हुने गरेको छ । अर्थात् भोकमरीले भन्दा धेरै मानिसको ज्यान गलत खानपान र जीवनशैलीका कारण गइरहेको छ ।

कोलम्बियाले कानुन बनाएर फाष्टफूडको उपभोगमा अंकुश लगाउन खोज्नुको कारण पनि यही हो । जंक फुडमा हुने ट्रान्स फ्याट, उच्च मात्राको चिनी, सोडियम र स्याचुरेटेड फ्याटले प्राणघातक रोगको खतरा बढाउँछ । मेडिकल जर्नल जामा नेटवर्कमा छापिएको एउटा अनुसन्धानअनुसार फाष्ट फुड खाने मान्छेमा मुटुको रोग र क्यान्सर जस्ता रोगको खतरा बढ्छ । ग्लोबल बर्डन अफ डिजीज रिपोर्टको अनुसार फाष्ट फुड खाएर हरेक वर्ष १ करोड १० लाख मानिसको ज्यान गइरहेको छ । धुम्रपानका कारण मर्नेको संख्या वर्षेनी ८० लाख छ । अर्थात् चुरोटभन्दा पनि फष्ट फुड खतरनाक छ ।

फाष्ट फूडले डिप्रेशन र एङ्ग्जाइटीको पनि खतरा छ । मान्छेले स्वाद मानी मानी खाने यी फाष्ट फूडहरु हाम्रो लागि उत्ति नै घातक छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप