आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र सभामुखबिच भेटवार्ता

सोमबार, २८ जेठ २०८१, १४ : ४६
सोमबार, २८ जेठ २०८१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र सभामुख तुलाराम घर्ती मगरबिच भेटवार्ता भएको छ । शुक्रबार बुटवलमा भएको भेटवार्तामा उनीहरुबिच सरकार बिस्तार, प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान, प्रदेश सभाका विषयगत समितिको सभापति चयन, सरकार बिस्तारलगायतको विषयमा छलफल भएको हो । 

भेटवार्तामा मंसिरभित्र मन्त्रिपरिषद् विस्तार र समितिका सभापति चयन गर्ने विषयमा छलफल भएको सभामुख मगरले बताए । 

लुम्बिनी प्रदेशमा सरकार गठन भएको ७ महिना हुँदा पनि मन्त्रीपरिषद्ले पूर्णता पाएको छैन । यस्तै  संसदीय समितिका सभापति चयन हुन सकेको छैन । 

यस्तै भेटमा सरकार र सभाका काम कारबाहीलाई  प्रभावकारी रूपमा लैजान समन्वय आवश्यकता पर्नेमा उनीहरुले जोड दिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप