आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घिमिरे निर्देशित ‘बास देउ मलाई’मा जितेन्द्र र आयुष्माको रोमान्स

सोमबार, २८ जेठ २०८१

मुम्बई । थुप्रै सफल फिल्म निर्देशक गरेका मदन घिमिरे बेलाबेलामा म्युजिक भिडियो पनि निर्देशन गर्दै आएका छन् । यस्तैमा घिमिरे निर्देशित नयाँ म्युजिक भिडियो ‘बास देउ मलाई’ सार्वजनिक भएको छ ।

एक जोडी युवायुवतीको प्रेमकथा देखाइएको भिडियोमा जितेन्द्र केसी र आयुष्मा कार्कीलाई रोमान्टिक जोडिको रुपमा प्रस्तुत गरिएको छ । रामेश्वर हुमागाईको छायांकन रहेको भिडियो तारा थापा किम्भेको सम्पादन गरेका हुन् ।

रानीकोट गढी, ध्याम्पे डाडा, पाइलटबाबा आश्रम आसपासको मनोरम दृश्य भिडियोमा कैद गरिएको छ । दीपक लिम्बु र अनु चौधरीको स्वर रहेको गीतको शब्द निर्देशक घिमिरे आफैले कोरेका हुन् । गीतमा संजय खड्गीको संगीत तथा एरेन्ज रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया