आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओलीलाई पोखरामा कालोझण्डा, बाटो स्तरोन्नति नगरेको आरोप

सोमबार, २८ जेठ २०८१, १४ : ५३
सोमबार, २८ जेठ २०८१

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पोखरामा कालोझण्डा देखाइएको छ । बेगनासताल नजिक उनलाई त्यहाँका युवाहरुले कालोझण्डा देखाएर यात्राको विरोध जनाएका हुन् । आफ्नो घर छेउमा बाटो स्तरोन्नती नभएको आरोप युवाहरुले लगाएका छन् ।

‘हाम्रो ठाउँको बाटो किन बनेन भनेर सोध्न नपाउने हुन्छ ? बाटो हिँड्नै नहुने भैसक्यो । घरसम्म धुलो आइपुग्छ,’ स्थानीय सुरेश लामिछानेले भने, ‘बोल्दा मात्रै समृद्धि हो । फिल्डमा समृद्धि कहिले आउँछ ?’ उनी सहित युवाहरुले कालोझण्डा देखाउँदा ओलीसँगै यात्रा गरेका सदस्यहरुले रोकेका थिए ।

ओली पोखराबाट बेगनास हुँदै लमजुङतर्फ गएका छन् । सुरुमा यहि बाटोलाई मध्येपहाडी लोकमार्गमा जोड्ने प्रयास गरिएको थियो । पछि राजनीतिक खिचातानीका कारण बाटो अन्तैबाट गयो । ‘१० वर्ष भैसक्यो बाटो नबनेको । समृद्धिको लागि टोली हिँडेको छ । हाम्रो हालत यस्तो छ,’ उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप