आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतको संसद्सम्म पुग्यो एनिमलको विवाद

सोमबार, २८ जेठ २०८१, १५ : ०२
सोमबार, २८ जेठ २०८१

नयाँ दिल्ली । रणवीर कपुर र बबी देओलको फिल्म एनिमलबारे निकै विवाद भइरहेको छ । फिल्ममा व्यापक रुपमा हिंसा देखाइएको छ । 

केही दृश्य त अति नै डर लाग्दा छन् । फिल्ममा भरपुर एक्शन, क्राइम र इन्टिमेट सिन अनि डाइलग सबै विवादित छन् । फिल्मको समर्थन गर्ने जति छन् विरोध गर्नेहरु पनि बिस्तारै बढ्दै गइरहेका छन् । फिल्मबारे चलेको विवाद अब भारतको संसद्सम्म पुगेको छ ।

छत्तीसगढकी सांसद रंजीत रंजनले फिल्म इन्डष्ट्री र एनिमलबारे संसदमा आफ्नो धारणा राखेकी थिइन् । ‘फिल्म समाजको ऐना हो । यसैलाई हेरेर हामी ठूला भएका हौँ । फिल्मबाट युवाहरु इन्फ्लुएन्स हुन्छन् । तर आजभोलि यस्ता फिल्म आइरहेका छन् कि. .. ... हालै मात्रै एउटा फिल्म आएको छ एनिमल । मेरी छोरी फिल्म हेर्दाहेर्दै आधामै छोडेर हलबाट रुँदै बाहिर आइन्,’ रंजनले भनेकी छिन् ।

फिल्ममा यति धेरै हिंसा, मारपिट र महिलासँग दूरव्यवहार र छेडखानी छन् । यसैलाई हेरेर युवाहरुले आफ्नो गलत व्यवहारलाई उचित देखाउन खोजेको पाइएको भन्दै रंजनले शाहिद कपुरको कवीर सिंहको उदाहरण दिएकी थिइन् । फिल्ममा देखाएकै कारण समाजमा पनि त्यस्तै खालको हिंसा देखिन थालेको समेत रंजनको भनाइ छ । फिल्ममा मुख्य पात्रले सयौं जनाको हत्या गरिदिन्छन् । न त एउटै प्रहरी देखिन्छ न त प्रशासन । कसैले उसलाई केही गर्दैन । यो सबै गलत भएको पनि उनले बताइन् ।

एनिमलबारे विवाद बढिरहँदा कयौँ फिल्म स्टारहरुले फिल्मको प्रशंसा गर्दै पोष्टहरु गरिरहेका छन् । फिल्मले बक्स अफिसमा एक पछि अर्को गर्दै रेकर्ड बनाइरहेको छ । फिल्मबारे पछिल्लो समय उठिरहेका विवादहरुले कुन मोड लिन्छ यो भने हेर्न बाँकी नै छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप