आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

५ वर्ष फिल्मबाट किन टाढा रहिन् करिश्मा ?

सोमबार, २८ जेठ २०८१, १५ : ३९
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । एक समय अभिनेत्री करिस्मा श्रेष्ठ अभिनेता सलोन बस्नेतसँगको प्रेमको कारण चर्चामा थिइन् । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘एउटा साथी’बाट अभिनयमा डेब्यु गरेकी करिश्मा सोही फिल्म अभिनय सिलसिलामै सलोनसँग नजिकिएकी थिइन् ।

‘एउटा साथी’पछि ‘लभ सब’ र ‘बाबु कान्छा’ लगातार अभिनय गरेकी करिश्माको ‘बाबु कान्छा’ अभिनयपछि सलोनसँग ब्रेकअप भयो । प्रेममा ब्रेकअफ भएपनि उनी केही समय फिल्मबाट  टाढा रहिन् ।

करिब ५ वर्ष फिल्म अभिनयबाट टाढा रहेकी करिश्मा अहिले फिल्ममा फर्किएकी छन् । उनी एकपछि अर्काे फिल्ममा देखिन थालेकी छन् । हालै फिल्म ‘मायावी’को छायांकन सकाएकी करिश्मा फिल्म ‘११ ः५५’मा पनि देखिने भएकी छन् । बिहीबार निर्माण घोषणा भएको फिल्ममा उनी मुख्य कलाकारको रुपमा देखिन लागेकी हुन् । फिल्मको लागि उनी निकै उत्साहित छन् ।

बिहीबार एक कार्यक्रमबिच घोषणा भएको फिल्म ‘११ ः५५’को कार्यक्रममा करिब ५ वर्षपछि उनले मिडियाको सामना गर्नुपर्‍यो । उक्त अवसरमा मिडियाले फिल्मबाट टाढा रहनुको कारण नसोध्ने कुरै भएन । आफूलाई अझै उत्कृष्ट रुपमा तयार गर्न केही समय फिल्मबाट ब्रेक लिएको उनले बताइन् ।

‘फिल्मका अफर मलाई धेरै आएको थियो । कथा चित्त नबुझेर नगरेको हो’, उनले भनिन्, ‘यो ग्यापको समय आफूलाई उत्कृष्ट बनाउन समेत लागि परे ।’ करिश्मा अहिले जोडिएको दुबै फिल्म राम्रो कथा भएकोले बताउँछिन् । 

यी फिल्ममा आफू पहिले भन्दा सशक्त रुपमा देखिने उनको भनाई छ । यी फिल्म रिलिजपछि आफ्नो अभिनय करियरले समेत फड्को मार्ने उनको धारणा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप