आहा रारा गोल्डकप माघ दोस्रो साता हुने
सोमबार, २८ जेठ २०८१, १६ : ०७
पोखरा । हरेक वर्ष हुँदै आएको आहा रारा गोल्डकप यो वर्ष माघ दोस्रो साता हुने भएको छ । यो वर्ष २३ औँ संस्करणको प्रतियोगिता हुन लागेको हो ।
सहारा क्लबले दोस्रो साता भनेपनि एन्फाले मिति दिएको छैन ।
खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा विकास गरौँ भन्ने नारासहित सहारा क्लबले प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा नेपालका ए डिभिजन क्लब, विभागीय टिम, सुपर लिगका टिम, विदेशी र मोफसलका टिम सहभागी हुने आयोजकले जनाएको छ ।
क्लबले प्रतियोगिता गरेर एकेडेमी सञ्चालन गर्दै आएको छ । एकेडेमीमा विपन्न वर्गका बालकहरु आश्रित छन् । अघिल्लो संस्करण संकटा क्लबले जितेको थियो ।