आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पक्राउ परे पुष्पाका अभिनेता

सोमबार, २८ जेठ २०८१, १६ : १३
सोमबार, २८ जेठ २०८१

हैदराबाद । पुष्पा फिल्ममा अल्लु अर्जुनको मिल्ने साथीको भूमिकामा देखिएका अभिनेता जगदीश प्रताप भंडारीलाई प्रहरीले समातेको छ । जुनिएर आर्टिष्टलाई उत्पीडन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । 

हैदराबादको पंजागुट्टा प्रहरी थानाका प्रहरीले १४ दिनका लागि उनलाई रिमान्डमा लिएका छन् । जगदीशमाथि एक जुनियर आर्टिष्टको निजी फोटो खिचेर राखेको अनि फोटो देखाएर धम्काएको आरोप छ । उत्पीडन सहन नसकेर ती जुनिएर आर्टिष्टले नोभेम्बर २९ मा आत्म हत्या गरेकी थिइन् ।

जगदीश हालैका दिनमा पुष्पा–२ को शूटिङमा व्यस्त थिए । फिल्मको दोस्रो पार्टमा पनि उनको ठूलै रोल छ । फिल्ममा उनी देखिन्छन् कि उनको रोल अरु कुनै अभिनेताले गर्छन् भन्ने प्रश्न यतिबेला उठेको छ । 

यस मामिलामा जगदीशको टोलीले कुनै प्रतिक्रिया दिएको छैन । आत्महत्या गर्ने युवति जगदीशको गर्लफ्रेन्ड भएको बताइएको छ । यस मामिलामा प्रहरीले छानबिन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप