आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

८८ वर्षीय धर्मेन्द्रको हातमा तीन ठुला फिल्म

सोमबार, २८ जेठ २०८१, १६ : २८
सोमबार, २८ जेठ २०८१

मुम्बई । हिन्दी फिल्मका हिट म्यान धर्मेन्द्र शुक्रवारबाट ८८ वर्ष पुगेका छन् । यो उमेरमा पनि उनी फिल्म ‘रकी और रानीको प्रेम कहानी’ जस्तो फिल्ममा मुख्य भूमिकामा देखिएका थिए । फिल्ममा उनले एक किस सिन समेत दिएर सबैलाई चकित तुल्याएका छन् ।

धर्मेन्द्र अहिले बलिउडका सबैभन्दा पुरानो एक्टिभ हिरो हुन् । उनीसँग अहिले पनि तीन ठुला फिल्म छन् । ‘डङ्की’, ‘अपने २’ र ‘एक अनटाइलट’ रोमान्टिक फिल्म ।

यो वर्ष धर्मेन्द्रका लागि मात्र होइन,  देओल परिवारका लागि पनि खास रह्यो । सनी देओलको फिल्म ‘गदर २’ तेस्रो धेरै कमाउने फिल्म बन्यो । बबी देओल अहिले फिल्म ‘एनिमल’ को कारण चर्चामा छन् । जसले ‘गदर २’ को रेकर्ड तोड्दै छ । 

६० वर्षको फिल्म करियरमा धर्मेन्द्रले २० बढी फिल्ममा काम गरेका छन् । तीमध्ये ९३ हिट र ४९ सुपर हिट छ । अचम्मको कुरो यो हो कि उनलाई कुनै पनि फिल्मबाट अवार्ड मिलेन । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप