आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मलिकाको ‘सतीदेवी’ सेन्सर पास

सोमबार, २८ जेठ २०८१, १६ : ४८
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहिबार साँझ फिल्म हेर्दै प्रदर्शनका लागि सेन्सर पास गरेको हो ।

लेखक समेत रहेका निर्देशक सुवेदीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्म सेन्सर पास भएको जानकारी दिएका छन् । फिल्मलाई  सेन्सर बोर्डले उत्कृष्ट प्रतिक्रियसहित पास गरेको उनको भनाई रहेको छ । फिल्मलाई सेन्सर बोर्डले युनिभर्सले सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेटसँगै फिल्म सबै वर्गका दर्शकले हेर्न पाउनेछन् ।

सामाजिक कथामा निर्माण भएको फिल्मले देशमा जतिनै परिवर्तन आएपनि परिवर्तिन हुन नसकेको महिला, दलित र अपहेलितको कथा बिषय बनाएको छ । बाबुछोरीको कथा समेत देखाएको फिल्मले समाजमा हुने छोराको चाहना, छोरीको महत्वलगायतको बिषय समेत देखाउने निर्देशक सुवेदीले बताए ।
फिल्ममा मलिका महत, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । 

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् । फिल्मको गीत र निर्माण समेत सुवेदीकै हो । फिल्मको रिलिज मिति तय भएको छ । यो वर्षको अन्तिमसम्म फिल्म रिलिज हुने गर्ने योजना निर्माण युनिटको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप