आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पत्रकारलाई आक्रमण गरेको आरोपमा एक जना पक्राउ

सोमबार, २८ जेठ २०८१, १९ : ००
सोमबार, २८ जेठ २०८१

विराटनगर । पत्रकार प्रेम देवानमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्ने मोरङ धनपालथान गाउँपालिका ६ का ३७ वर्षीय रमेश राय रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । 

राय आक्रमण गर्ने मुख्य व्यक्ति रहेको प्रहरीले जनाएको छ ।  प्रहरीले उनलाई शुक्रबार दिउँसो मोरङको धनपालथानबाट पक्राउ हो ।

बिहीबार दिउँसो समाचार संकलन गर्न गएका देवानलाई विराटनगर महानगरपालिकामा बाहिर आक्रमण गरेका थिए । विराटनगर–७, सातघुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय सरकारको भूमिका कमजोर भएको भन्दै पीडित पक्षले गरेको आन्दोलनमा समाचार सङ्कलनका लागि उनी विराटनगर महानगरपालिका पुगेका थिए । 

आन्दोलन गर्दै आएका समूहमध्ये रायले पत्रकार देवानलाई आक्रमण गरेका थिए । आक्रमणबाट उनको बायाँ हातमा चोटपटक लागेको छ ।

देवानले मोरङ प्रहरीमा अभद्र व्यवहारको मुद्दामा रायसहित दुई जनाविरुद्ध उजुरी दिएका छन् । उजुरी परेकामध्ये राय पक्राउ परेका छन् । अर्का एक जनाको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका रायलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्ने मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले बताए । रायलाई प्रहरीले आइतबार म्याद थप गरी अनुसन्धान गर्ने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप