आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खरिद बिक्री प्रक्रियाले कम्पनीको दैनिक कार्यसम्पादनमा असर परेको छैन : युनियन

सोमबार, २८ जेठ २०८१, २२ : २०
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । एनसेल कर्मचारी ट्रेड युनियनले एनसेल आजियाटा लिमिटेडमा करिब ८० प्रतिशत स्वामित्व रहेको रेनोल्डस् होल्डिङ्सको शेयर खरिद बिक्री प्रक्रियासम्बन्धी विषयमा नेपालको व्यावसायिक वातावरणलाई नै हतोत्साही गर्नेगरी प्रचार प्रसार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै युनियनले शेयर खरिद बिक्री प्रक्रियाले कम्पनीको दैनिक कार्यसम्पादन तथा सेवा सञ्चालनमा कुनै फरक नपरेको समेत बताएको छ ।

‘एनसेल एक नेपाली पब्लिक लिमिटेड कम्पनीको रुपमा यथावत छ । यो शेयर खरिद बिक्री प्रक्रियाले कम्पनीको दैनिक कार्यसम्पादन तथा सेवा सञ्चालनमा कुनै फरक पारेको छैन । कम्पनीले प्रवाह गर्ने अत्यावश्यक दूरसञ्चार सेवाहरु निरन्तर सञ्चालनमा रहेका छन् र हामी कर्तव्यनिष्ठ कर्मचारीका नाताले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाह गरिरहन प्रतिबद्ध छौँ ।’

युनियनले एनसेल कम्पनी अब नेपालमा छैन जत्तिकै गरी भएका प्रचारबाजीप्रति सजग रहन समेत सम्बन्धित सबैलाइृृ अपिल गरेको छ । नेपालको आर्थिक सामाजिक विकासमा एनसेलले महत्वपूर्ण योगदान दिएको दाबी गर्दै युनियनले सो कम्पनी स्थापना पश्चात हालसम्म नेपाललाई २ खर्ब ८३ अर्बभन्दा बढी कर तथा शुल्कहरु भुक्तानी गरिसकेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

युनियनले यो खालका गतिविधिले वैशाखमा सरकारले आयोजना गर्ने भनिएको लगानी सम्मेलनलाई असफल बनाउने प्रपञ्च देखिएको र त्यस खालका गतिविधि गर्नेलाई कडा कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

tmp_8f5492a1-93a4-4e38-ae1e-6c0b5026f0c6

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप