आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सर्वोच्चमा हतियारसहित पक्राउ प्रकरणः

दुर्गा प्रसाईंका अङ्गरक्षक भनिएकाको परिवारले दायर गरे बन्दी प्रत्यक्षीकरणको रिट

आइतबार, ०२ असार २०८१, १८ : ०४
आइतबार, ०२ असार २०८१

काठमाडौँ । सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका दुई जनाकै परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अङ्गरक्षक भनिएकाहरु अत्याधुनिक हतियार र गोलीसहित सर्वोच्च अदालत परिसरमा पुगेको अवस्थामा सोमबार पक्राउ परेका थिए । पक्राउ पर्नेमा दीपक खड्का र रामकुमार धिताल छन् ।

मङ्गलबार उनीहरुका पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् । रिट निवेदन दिनेमा रिया राजवंशी धिमाल र शान्ता खड्का रहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । उक्त रिट निवेदनमाथि बुधबार सुनुवाइ हुने भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप