आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशको लगातार चौथो हार, मधेश २ विकेटले विजयी

सोमबार, १७ असार २०८१, १७ : ०४
सोमबार, १७ असार २०८१

काठमाडौँ । वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको आफ्नो पछिल्लो खेलमा मधेश प्रदेशले जित हात पारेको छ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न दोस्रो खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई दुई विकेटले हराएको हो । 

वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित प्रतियोगितामा मधेश प्रदेशले हासिल गरेको यो तेस्रो जित हो । दुई खेलमा भने मधेश प्रदेश पराजित भएको छ । कोशी प्रदेशले भने प्रतियोगिताका आफ्नो खराब प्रदर्शन जारी राखेको छ । कोशी प्रदेशको यो लगातार चौथो होर हो । 

टस जिती पहिले ब्याटिङको निर्णय लिएको कोशी प्रदेशले निर्धारित ओभरमा नौ विकेट गुमाएर ९० रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मधेश प्रदेशले भने १७.१ ओभरमै आठ विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।

मधेश प्रदेशको जितमा विशाल पटेलले ३७ रनको योगदान गरे । उनले २५ बलमा ६ चौका पनि प्रहार गरे । ओपनर ब्याट्सम्यान रोहन बीकेले अविजित ३१ रन बनाए । उनले ४४ बलमा तीन चौका पनि हिर्काएका थिए । 

अर्का ओपनर साहिल पटेलले पनि ११ रन बनाएका थिए । कोशी प्रदेशका बलर श्रवण यादबले चार विकेट लिए । उनले चार ओभरमा एक मेडन राख्दै केवल १८ रन खर्चिए । दिपेश कँडेलले पनि तीन विकेट हात पारे । अर्को एक विकेट ज्ञानेन्द्र श्रेष्ठले लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको कोशी प्रदेशका लागि समिर कार्कीले २८, श्रवण यादबले २७ र सुजन थपलियाले १६ रन बनाएका थिए । कोशी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । 

कोशी प्रदेशले अतिरिक्त रुपमा पनि नौ रन पाएको थियो । मधेश प्रदेशका बलर विशाल पटेल, अविषेक तिवारी, रंजित कुमार र प्रदिप पासवानले दुई–दुई विकेट लिए । उक्त खेलमा मधेश प्रदेशका विशाल पटेल म्यान अफ दी म्याच घोषित भए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप