सिरहाको कमला नदीमा बस खस्यो, २ दर्जनभन्दा बढी यात्रु घाइते
बिहीबार, ०६ मङ्सिर २०७५, १८ : २६
काठमाडौं– सिरहाको कमला नदिको पूर्वी किनारमा ना ४ ख ४८२५ नम्बरको बस दुर्घटनाग्रस्त भएको छ ।
बिहीबार साँझ भएको सो दुर्घटनाग्रस्त बस सडकबाट करिब २० मिटर तल खस्दा २ दर्जन भन्दाबढी यात्रु घाइते भएका छन् ।
घाइतेहरुको अहिले उद्वार गरी अस्पताल पठाउँदै गरिएको जनाइएको छ ।
बस पिकनिकबाट फर्केको अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।