हामी फूल
बिहीबार, १७ माघ २०७५, १६ : ४१
बर्सातको बेला हामी
फूलभरि पानी देख्छौं
कल्ले भन्छ पानी होइन
यो त फूल रोएको हो!
जस्तो सुकै पहरामा
निर्जनमा छहरामा
फूलहरु रुन होइन
हाँस्न मात्र फुलेका छन् !
जतिसकै सानो होस् फूल
उसको पनि आफ्नो हाँसो
ठूलो फूलको हाँसोदेखि
ओइलाउँन जान्या छैन
हामी लाला बालाहरु
गोराहरु कलाहरु
हामी छुना मुनाहरु