मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु
शुक्रबार, १८ माघ २०७५, ११ : ५९
सिरहा–चोहर्वा सहायक सडकखण्डकोे पदमपुरमा जेसीभीले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको घटनास्थलमै मृत्यु भएको छ ।
अनटेष्ट जेसीभीले स.५ प ८७४८ नम्बरको मोटरसाईकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा नगरपालिका ११ निवासी ३५ वर्षीय बिरेन्द्र पण्डित र सोही ठाउँका २८ वर्षीय दोरिक सदाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधबराज खरेलले जानकारी दिए ।
जेसीभी र विपरित दिशाबाट आएको मोटरसाइकल एकआपसमा ठोकिएको प्रहरीले जनाएको छ ।
जेसीभीका चालक फरार रहेको र चालकको खोजी भइरहेको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।
मृतक दुवैको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।