पर्यटकीय नगरी नगरकोटमा हिमपात, रमाउँदै पर्यटक (फोटोफिचर)
शनिबार, २६ माघ २०७५, १६ : ००
भक्तपुर– वर्षासँगै भक्तपुरको पर्यटकीय नगरी नगरकोटमा हिमपात भएको छ । हिमपात भएसँगै आन्तरिक तथा बाह्य पर्यटक एकापसमा हिउँ खेल्दै रमाइरहेका छन् । गएरातीको वर्षापछि शनिबार बिहान हिमपात भएको हो ।
यस्तै उपत्यकाका चन्द्रगिरी, फुलचोकी लगायतका डाँडाहरुमा पनि हिमपात भएको छ ।
जल तथा मौसम पूर्वानुमहाशाखाका अनुसार गएरातिदेखि देशको पूर्वी भेगका धेरै तथा मध्य र पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षा भएको छ ।
साथै देशको उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात भएको छ ।
विभागका अनुसार आइतबारदेखि मौसममा सुधार आउने छ ।
नगरकोटमा भएको हिमपातको तस्बिर हेर्नुहोस्ः