फेसबुक नचलेर के तपाईं पनि तनावमा हुनुहुन्छ ?
बीबीसी
सोसल मिडिया प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप प्रयोगकर्ताले बुधबार रातीदेखि करिब १० बजेदेखि समस्या देखा परेका छन् । यो खराबी फेसबुकले हालसम्म बेहोरेको मध्येकै सबभन्दा ठूलो समस्या हो।
नेपाललगायत संसारका विभिन्न भागमा फेसबुक समूहका यी तीन प्लेटफर्मको प्रयोग गर्ने विभिन्न प्रयोगकर्ताले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपले राम्रोसँग काम नगरेको बताइरहेका छन् ।
फेसबुकले केही प्रयोगकर्तालाई फेसबुक चलाउन समस्या भइरहेको स्विकारेको छ ।
फेसबुकको तर्फबाट गरिएको ट्वीटमा भनिएको छ, ‘केही प्रयोगकर्तालाई फेसबुकसँग जोडिएका एप्स प्रयोग गर्न समस्या भएको बारे हामी अवगत छौं । हामी यथाशीघ्र यो समस्यालाई सुल्झाउने कोसिस गरिरहेका छौं ।’
We’re aware that some people are currently having trouble accessing the Facebook family of apps. We’re working to resolve the issue as soon as possible.
— Facebook (@facebook) March 13, 2019
के छ समस्या ?
फेसबुक खुले पनि त्यसमा सामग्रीहरु प्रकाशित हुन सकेका छैनन्।
म्यासेन्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर उसको डेस्कटप संस्करणमा भने समस्या देखिएको छ ।
अन्य सामाजिक सञ्जालहरूमा फैलिएको हल्ला गलत भएको भन्दै डिडिओएस नामक एक किसिमको साइबर हमलाका कारण फेसबुकका सेवामा अवरोध नआएको उसले जनाएको छ ।
डाउनडिटेक्टर नामको वेबसाइटले दाबी गरेअनुसार संसारभरी ११ हजार बढी प्रयोगकर्ताले फेसबुकमा समस्या व्यवहोरिरहेका छन् । यो वेबसाइटमा मानिसहरुले वेबसाइट र एप्समा हुने समस्या रिपोर्ट गर्न सक्छन् ।
जब फेसबुकमा समस्या भयो तब धेरैले ट्वीटरमार्फत् यसको जानकारी दिए ।
अहिले पनि समस्या यथावत् छ ।