डिउटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गर्ने पक्राउ
आइतबार, २९ वैशाख २०७६, १५ : ४४
भक्तपुर-सूर्यविनायक नगरपालिका-५ सल्लाघारीमा सवारी साधन जाँच गर्ने क्रममा डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई दुर्व्यवहार गर्ने सोही ठाउँस्थित शुवर्णेश्वर बस्ने २९ वर्षीय पसिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको hgfPsf] छ ।